‘तनावै तनाव छ, गोजीमा दुई रुपैयाँ छैन् ।’ एक हास्य टेलिशृङ्खलाको पात्रले बोल्ने यो डाइलग अहिले केपी ओलीसँग मिल्न पुगेको छ । सदनदेखि सडकसम्म, गोष्ठीदेखि सेमिनारसम्म, किचनदेखि क्याबिनेटसम्म सबै ठाउँमा सबैलाई हँसाएर रसिक पारामा कन्भिन्स तथा विरोधी आवाजहरूलाई तहसनहस गर्नसक्ने ओली आजकाल आफू तनावै तनावले थलिएका छन् । एकातिर उनको स्वास्थ्य अवस्था निकै संवेदनशील छ भने अर्कोतिर विश्वास पात्रहरू अनियमितताको रजगजमा मुछिन थालेका छन् ।
यसअघि प्रधानमन्त्रीले सरकारविरुद्धका हरेक विरोध तथा असहमतिलाई कहिले हलुका टिप्पणी गर्दै त कहिले गम्भीर व्यंग्य गर्दै विरोधी स्वरलाई भित्तामै पुर्याउने गरेका थिए । तर, पछिल्ला केही घटनाक्रमले प्रधानमन्त्रीको शैली केही समन्वयात्मक भएको देख्न सकिन्छ । उनको सरकार पछिल्लो समय विवादित बन्दै गएपछि उनी रक्षात्मक देखिन थालेका छन् ।
यसरी सधैँ हसिँला, रसिला र आक्रामक देखिने ओली रक्षात्मक बन्नुपर्ने स्थिति किन आयो ? उनी तनावमा रहनुपर्ने कारण के हो ? त्यसबारेका अनेक सन्दर्भहरूको यहाँ चर्चा गरिएको छ ।
आफ्नै बोली, तनावमा ओली
विषयलाई रोचक र घोचक बनाउन प्रयोग हुने ओलीका उखान र टुक्काहरू रमाइला र हास्यरसयुक्त हुने गर्छन् । तर अहिले तिनै उखान, टुक्काहरू तथा रमाइला उक्तिहरूले ओलीलाई तनाव गराएका छन् । प्रधानमन्त्री ओलीले आईपिएलमा दमदार प्रदर्शन गरेका सन्दिप लामिछानेको प्रशंसा गर्दै क्रिकेट बललाई ‘सानो डल्लो’को संज्ञा दिँदै भने– ‘दुईचार डल्ला फाल्न के पाएको थियो, सन्दिप चम्कियो । चान्स पायो कि नेपाली गर्छ, नेपाली हो नि, गर्छ ।’ कार्यक्रमका सबैलाई निकै हँसाएको यो व्यङ्ग्यात्मक भाषण निकै समय भाइरल भइरह्यो । तर पछि यो वाक्यमा प्रयोग भएको डल्लो शब्दले नकारात्मक अर्थ लियो । कयौँ द्विअर्थी तथा श्लील, अश्लील ट्रोलहरू निर्माण हुन थाले । त्यसले सरकारका विभिन्न विवादित काम तथा काण्डहरूलाई समेत मोर्चा बनाउन सहयोग ग-यो । उनले दिएको यो बयान उनकै आलोचना गर्न सहयोगी बन्यो ।
त्यस्तै प्रधानमन्त्रीले आफ्नो विशेष र रसिक शैलीको उपयोग गर्दै एउटा कार्यक्रममा भने– ‘गैँडाज् आर गैँडाज्, गैँडाज इजन्ट राईनोज’ दक्षिण अफ्रिकामा पाइने दुई सिङ्गे गैँडालाई मानिसहरूले गैँडा भनेर बुझ्न थालेपछि नेपाली एकसिङ्गे गैडालाई राइनोज् हैन नेपाली गैँडा भन्नुपर्छ भन्ने आशयको उक्त भनाइले उनलाई लामो समयसम्म पिरोल्यो । मान्छेहरूले उनको यो वक्तव्य प्रयोग गरेर उनलाई नै उडाउन प्रयोग गर्न थाले । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका अपराधीलाई जसरी पनि पक्राउ गर्ने भन्दै उनले कुनै–कुनै अपराधीहरू १२ वर्षपछि पनि पक्राउ पर्ने गरेको भन्दै अपराधीलाई जसरी पनि कानुनको कठघरामा उभ्याउने प्रतिबद्धता गरे । तर ओलीको यस वक्तव्यको अर्थ जनताले भने अर्कै निकाले । सामाजिक सञ्जाल तथा राष्ट्रिय पत्रिकाहरूमा उनको यो भनाइले निर्मलाको अपराधी पत्ता लाग्न अझै १२ वर्ष लाग्ने भनेर अथ्र्याउन थालियो । जसले उनको लोकप्रियतामा गम्भीर धक्का लाग्न सुरु गर्यो । उनको अपराधीलाई हेर्ने दृष्टिकोणमाथि समेत शंका पैदा हुन थाल्यो । जसले गर्दा कयौं मञ्चहरूबाट उनको कडा आलोचना भएको थियो ।
अविश्वसनीय विश्वास पात्र
प्रधानमन्त्री मूलधारको राजनीतिको शक्तिशाली केन्द्र बनेपछि उनका इमानदार र भरोसेमन्द सहयोगीका रूपमा विष्णु पौडेल र गोकुल बाँस्कोटा स्थापित भए । पार्टीमा लामो समय योगदान पुर्याएका अग्रजहरूलाई पन्छाउँदै विष्णु पौडेललाई महासचिव बनाउनुले ओलीका सबैभन्दा विश्वासिला पात्र पौडेल हुन भन्ने दरियो । त्यस्तै जिल्लामा अरु सिनियरहरू हुँदाहुँदै ओलीले गोकुल बाँस्कोटालाई सांसद तथा मन्त्री बनाए । जसले उनी ओलीका भरोसेमन्द विश्वासिला भन्ने देखियो ।
प्रधानमन्त्री ओलीको लोकप्रियता, सफलता तथा सहाराले उचाइँ बनाउन सफल भएका उनीहरूकै कारणले ओलीलाई अहिले निक्कै ठूलो राजनीतिक धक्का लाग्यो । बालुवाटार ललिता निवास काण्डमा मुछिएका विष्णु पौडेललाई जोगाउन सरकार, पार्टी तथा ओली स्वयंले पनि ठूलो कसरत गरे । फलस्वरूप सरकार तथा ओलीको भूमिका विवादित बन्यो । जसले सरकार हरेक मोर्चामा रक्षात्मक हुन पुग्यो । त्यस्तै अर्का विश्वासपात्र गोकुल बाँस्कोटाले सुरक्षण यन्त्र किन्न एजेन्टहरूसँग घुस बार्गेनिङ गरेको अडियो सार्वजनिक भयो । जसमा उनले ७० करोड घुस मागेको स्पष्ट सुन्न सकिन्छ । यो घटनाले ओली सरकारको लोकप्रियतामा दीर्घकालीन र गम्भीर असर पर्ने देखिन्छ । घुस खान्न, खान दिन्न भन्ने ओलीकै विश्वासपात्र घुसकाण्डमा मुछिनुले सरकारको इमानदारितामाथि नै प्रश्न उठेको छ । उनकै विश्वास पात्रहरूले गरेको यो विश्वासघातले ओली अहिले निकै तनावमा छन् ।
यति होल्डिङ्सको बचाउ गर्दै आएका ओली कतै अर्का एक विश्वासिलो पात्रका कारण विवादमा तानिन पनि सक्छन् । यो पनि उनको तनावको विषय बन्न पुगेको छ ।
मनकारी ओली, धोकेबाज सहयात्री
त्यस्तै आन्तरिक शक्ति संघर्षका कारण ओली सहयात्री र सहयोद्धाबाटै तनावमा छन् । शक्ति सन्तुलनको अभ्यास गर्नका लागि ओलीले नजिकका सहकर्मीका लागि विभिन्न अभीष्ट पूरा गरिदिए तर तिनै काम अहिले ओलीकै लागि सकस बनेका छन् ।
यसै सिलसिलामा ओलीका सहयात्री तथा नेकपाका वरिष्ठ नेता माधव नेपालले एसिया प्यासिफिक समिटको लबिङ गरे । त्यसलाई सहर्ष स्वीकारेका ओलीले कार्यक्रमलाई भव्य बनाउन सक्दो गरे । कार्यक्रममै उपस्थित भएर मूल ध्येयअनुसार होली वाइन खाने तारतम्य मिलाए । जसले उनको धर्मनिरपेक्ष चरित्रमा नै धक्का लाग्यो, उनी निकै आलोचित हुन पुगे ।
नेकपाकै अर्का प्रभावशाली नेता तथा पार्टी अध्यक्ष प्रचण्डले समय–समयमा गर्ने टिप्पणीले पनि प्रधानमन्त्रीलाई तनावमा पार्ने गरेको छ । त्यस्तै माधव नेपालको छिड्के, भीम रावलको बागी चरित्र तथा वामदेव गौतमको उपाध्यक्षको आकांक्षा र उनका अभिव्यक्ति पनि प्रधानमन्त्रीका लागि दुसाध्य हुने गरेका छन् ।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुहारी विना मगरले मन्त्रालयको काम कारबाही राम्रोसँग सम्पादन गर्न नसक्दा पनि ओलीले उनलाई झेलिराख्नु परेको छ । प्रचण्डको प्रभावस्वरूप केही भन्न नसक्ने अवस्थाका कारण तथा सरकारको प्रभावकारिता बढाउने बाध्यता एवं दबाबले पनि प्रधानमन्त्री अहिले तनावमा छन् ।
अटेरी ब्यूरोक्रेसी र भ्रष्टाचार
स्थानीय तहमा सरकारी कर्मचारी जान अटेर गरेर सरकारलाई असर पारे । सफल मन्त्रीको रूपमा दर्ज भएका लालबाबु पण्डितसमेत कर्मचारी समायोजन प्रक्रिया पूरा गर्न असफल भए । अर्का मन्त्री गोकर्ण बिष्टले ठूलो तामझामका साथ सुरु गरेको सामाजिक सुरक्षा कोषले अनपेक्षित हावा खान पुग्नुले पनि ओलीको प्रतिष्ठामा आँच पुर्याउने काम गर्याे ।
वर्षाैदेखि भ्रष्टाचारमा लिप्त भएर बसेका कर्मचारीलाई कानुनी दायरामा ल्याउने चेष्टा गर्दा तथ्य बंग्याउँदै सरकारको चरित्र भ्रष्टाचारी भएको प्रचार गरियो । जसले ओलीको तनावको पारो झन बढ्यो । यद्यपि ओली सरकारको भ्रष्टाचारबारेको मापदण्ड दोहोरो भएको आरोप पछिल्लो समय लाग्ने गरेको छ ।
ठगदारमा बदलिए ठेकेदार
समयमा काम नसकाउने ठेकेदादारहरूबाट पनि प्रधानमन्त्रीलाई तनाव भएको देखिन्छ । समयमा काम नसक्ने, शक्तिको दुरुपयोग गर्दै कामलाई पछि धकेल्ने ठेकेदारको प्रवृत्तिबाट ओली दिक्क हुन पुगे । ‘पप्पु कन्सट्रक्सन’ लगायत अन्य ठेकेदारले सरकारलाई नटेरेका कारण पनि प्रधानमन्त्री ओलीको निद हराम भयो ।
स्वस्थ दिमाग अस्वस्थ शरीर
छोटो समयमा धेरै काम गर्ने महत्वाकांक्षाका कारणले ओली तनावग्रस्त हुन पुगे । ठूला–ठूला राष्ट्रिय गौरवका आयोजना, रेलमार्ग निर्माण, पानीजहाज, खानी उत्खनन्, पाइपलाइनबाट ग्यास वितरण गर्ने महत्वाकांक्षालाई ओलीको अस्वस्थ शरीरले जनअपेक्षित काम गर्न दिएन ।
कागमुखे सचिवालय
ओली प्रायः आफ्नो बोलीले भन्दा धेरै सचिवालयमा कार्यरत सहयोगीको छुच्चो बोलीका कारण विवादित हुने गरेका छन् । मुख्य सल्लाहकार विष्णु रिमालले विरोधीलाई ‘छौँडा’ भनेर सम्बोधन गर्नाले ओली सरकारको तीव्र विरोध भयो । त्यस्तै उनका प्रेस सल्लाहकार कुन्दन अर्याल तथा सूर्य थापाका कटु बचनले पार्टी एकतामै समेत खलल पुग्नसक्ने अवस्था सिर्जना गरेको छ । एउटै पार्टीभित्र पनि कसैलाई काखा त कसैलाई पाखा गर्ने उनको सचिवालयको भूमिकाका कारणले पार्टीभित्रै उनको विरोध बढ्न गएको देख्न सकिन्छ । जसले कार्यकर्ता तहदेखि नै असन्तुष्टि बढेको छ ।
प्रचण्ड त्रास
आफ्नै सहयोद्वा झलनाथ खनाल, माधवकुमार नेपाल, वामदेव गौतम र भिम रावल लगायतका नेताहरुले दिने गरेको तनाव एकातिर छ भने अर्कोतिर अध्यक्ष प्रचण्डले पार्टीभित्र कस्न खोजेको मोर्चाबन्दीले ओली तनाव झन चुचुरोमा पुगेको आभास हुन्छ ।
शीर्ष तहकै नेताहरुलाई आफूमा केन्द्रीत गर्ने प्रचण्ड स्वभावले ओलीमा भय चढिरहेको छ । सायद बेलाबखत विगतमा प्रचण्डले आफूलाई सत्ताबाट लडाएको तितो यथार्थ ओलीले चाहेर पनि बिर्सन सकिरहेका छैनन् । तथापी एकीकृत पार्टीको निर्माण भइसकेकाले प्रचण्ड सुध्रिएको मान्न ओली बाध्यजस्ता मात्रै देखिन्छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ