सम्झनामा रवीन्द्र अधिकारी

सम्झनामा रवीन्द्र अधिकारी

  • 2.1K
    SHARES

  • आज फागुन १५ । तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको पहिलो स्मृति दिवस । आजैकै दिन अर्थात् ठ्याक्कै एक वर्ष अगाडि तेह्रथुमको चुहानडाँडामा निर्माण हुन लागेको विमानस्थलको अवलोकनपछि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो । ताप्लेजुङको फुङलिङ नगरपालिका १० सिस्नेभीरमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना हुँदा हेलिकोप्टरमा सवार पर्यटनमन्त्री अधिकारीसँगै पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे र पाइलट प्रभाकर केसीको मृत्यु भएको थियो ।

    कसरी भयो दुर्घटना ?

    तेह्रथुमको चुहानडाँडाबाट उक्त टोली ताप्लेजुङमा पर्ने पाथीभरा मन्दिरको दर्शन गर्न गयो । तर पाथीभराबाट काठमाडाैँ उडेको हेलिकप्टर केही छिनमै दुर्घटनामा पर्‍यो । गृहमन्त्रालयले सो दुर्घटना खराब मौसमका कारण भएको बतायो । हेलिकप्टर एउटा विकट भीरमा ठोकिएको र त्यसपछि त्यसमा आगो लागेको मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जिकिर गरे । मौसम राम्रो नभएकाले हेलिकप्टर केही समय रोकेको र पछि उडेको मन्दिरका मूल पुजारी डिल्ली आचार्यको समेत कथन रहेको थियो ।स्थानीयवासीहरूले पहिला ठूलो आवाज आएको सुनिएको र पछि आगो लागेको देखिएको बताएका थिए । साथै हेलिकोप्टर जलेर नष्ट भएको प्रहरीले जनाएकाे थियाे । नेपाली सेनाका दुईवटा हेलिकप्टर शव लिन पठाइएका थिए । त्यसबाहेक सिम्रिक एयर र एयर डाइनेस्टीका हेलिकप्टरहरू पनि उद्धारकार्यमा खटेका थिए । दुर्घटनास्थल अप्ठ्यारो स्थानमा भएकाले शव संकलन गरेर हेलिकप्टरसम्म ल्याउन समय लागेको थियो । हतारिँदै  बालुवाटार छिरेका प्रधानमन्त्री :  पर्यटन मन्त्री अधिकारी लगायत सात जनाको मृत्यु भएको खबरले मर्माहत बनेका प्रधानमन्त्री केपी शर्मा ओलीले क्याबिनेट बैठक डाके। तर, निर्धारित समयमा समयमा क्याबिनेट बैठक सुरु भएन । क्याबिनेट बैठक सुरु गर्नुअघि बालुवाटारमा प्रम ओलीको निजी चिकित्सक दिव्यासिंह शाह प्रवेश गरिन् । क्याबिनेट सुरु हुने समयमा एकाएक प्रधानमन्त्री निवासमा निजी चिकित्सकको प्रवेश अनपेक्षित हुनु स्वभाविक थियो। कतै दुखद् घटनाले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या त आएन ? शंका सामान्य भए पनि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था खराब भने भएको होइन । दुर्घटनाको खबर थाहा पाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘केयर’ गर्न दुई डाक्टर बालुवाटार पुगेका थिए । प्रधानमन्त्रीको निजी चिकित्सक दिव्यासिंह शाह र क्याबिनेटका चिकित्सक डा. दिलिप शर्मा बालुवाटार पुगेका थिए । मन्त्रिपरिषद्को आकस्मिक बैठक लगत्तै पुल्चोक पुगेका प्रधानमन्त्री : डा. द्वय शाह र शर्माले स्वास्थ्य अवस्थामा कुनै परिवर्तन नआएको बताएपश्चात प्रधानमन्त्री ओली मन्त्री अधिकारिको परिवारलाई भेट्न पुल्चोकस्थित मन्त्री निवास पुगे ।  मन्त्रिपरिषद्को आकस्मिक बैठक लगतै प्रधानमन्त्री र अन्य वहालवाला मन्त्रीहरुले  मन्त्री अधिकारीकी पत्नी, छोराछोरी र आमाबुबालाई भेटेर समवेदना व्यक्त गरे । रवीन्द्रको अन्तिम सम्बोधन : मन्त्री अधिकारी नेपाल नागरिक उड्ययन प्राधिकरणका वरिष्ठ अधिकारीहरू भएको एउटा टोलीसहित तेह्रथुमको चुहानडाँडामा एउटा कार्यक्रममा सहभागी भएका थिए । उनले तेह्रथुमको चुहानडाँडामा फागुन १४ गते बुधबार छोटो भाषण गरेका थिए । यही भाषण नै उनको जीवनको अन्तिम भाषण बन्न पुग्यो । मन्त्री अधिकारीले अन्तिम सम्बोधन गरेको तेह्रथुमको चुहानडाँडा प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मस्थल पनि हो । मन्त्री अधिकारीले चुहान डाँडाको कार्यक्रममा बोल्ने क्रममा प्रधानमन्त्री आफू केपी ओलीकै सल्लाह र निर्देशनमा विमानस्थलको अवलोकन गर्न आएको बताएका थिए । आफूहरू चुहानडाँडामा विमानस्थल बनाउन भनेर हेर्न र बुझ्न आएको भन्दै उनले एउटा नक्सा पनि देखाएका थिए । सो विमानस्थलको लागत पहिला २९ करोड रुपैयाँ हुने भनिएको भए पनि निर्माणका लागि ८७ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको उनले बताएका थिए ।

    को थिए रविन्द्र अधिकारी ?

    जन्म : कास्की जिल्लाको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रवीन्द्र अधिकारी  २०२६ वैशाख २२ गते आइतबार जन्मिएका थिए । शिक्षा : मन्त्री अधिकारीले आफ्नै गाउँकै श्री ब्रह्मज्योति प्रा.वि. शान्ति पंधेरा गैरागाँउबाट प्राथमिक शिक्षा र शान्ति उदय मा.वि. (हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यामिक शिक्षा हासिल गरेका थिए । अनेरास्ववियु, रेडक्रस, र क्लबहरुमा विद्यालयकालीन समयदेखि नै आफ्नो संग्लनता राख्दै आएका अधिकारीले प्रवेशिका उतीर्ण गर्ने वित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भए । केही समयपश्चात २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन गरेका थिए । त्रिविबाट व्मायवस्थापन स्नातकोत्तर गरेका अधिकारीको  ‘संविधानसभा : लोकतन्त्र र पुनर्संरचना’, ‘समृद्ध नेपाल’ नामक दुई कृति प्रकाशित छन् । साथै पछिल्ला दुई दशकको समयमा उनका सयौँ अनुसन्धान र राजनितिक लेखहरु छापिएका छन् । गतिविधि : २०४४ सालमा अनेरास्ववियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमा नै अनेरास्ववियु कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य, २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुर स्ववियु सभापति/स्ववियु काउन्सिल नेपालका संयोजक निर्वाचित, २०५६ सालमा अनेरास्ववियुका केन्द्रीय अध्यक्ष । अधिकारीको विद्यार्थी आन्दोलन र जेल पंचायतकालीन समयमा स्वतन्त्रता, प्रजातन्त्र, प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील रहेका अधिकारिले २०४६को जनआन्दोलनमा र पञ्चायतकालमा पटक-पटक गरी छ महिना जेल र हिरासतमा बिताएका थिए । २०४६को परिवर्तन पछि विद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्छ भन्ने विचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरेका थिए भनिन्छ । राष्ट्रिय राजनीतिमा अधिकारी: २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित, २०४० मा इलाका पार्टी कमिटीमा सक्रिय, २०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त, २०४६र ४७ मा पोखरा नगर कमिटीमा सक्रिय, २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय । २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिव, २०६३ मा पनि पुन: सचिवमा निर्वाचित ०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन विरुद्धको आन्दोलनमा पटक पटक गरी पाँच महिना जेल । २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वाचित भएपश्चात उनले संसदमा खेलेको भूमिका चर्चायोग्य छ । अधिकारीले सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्योंसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, मेसिन रिडएबल पासपाेर्ट आदि विषयमा विभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए । २०७४ साल चैत्र २ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका दिवंगत मन्त्री अधिकारी नयाँ पुस्ताको प्रतिनिधित्व गर्दै नेपाली राजनीतिमा उदाएका नेकपाका प्रतिभाशाली युवा नेता तथा कास्कीबाट प्रत्यक्ष निर्वाचित सांसद थिए । देशमा भएको विभिन्न सर्वेक्षणमा १० उत्कृष्ट सभासद चयन अनलाइन भोटिङबाट रवीन्द्र अधिकारी उत्कृष्ट सभासदका रुपमा चुनिएका थिए। उनलाई गण्डकी प्रदेशको नेकपाको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा हेरिएको थियो । विदेश भ्रमण : विद्यार्थी नेता, पार्टी नेता र संविधानसभा र संसद सदस्यका हैसियतले नेपालको प्रतिनिधित्व गरेर उनले अमेरिका, जापान, दक्षिण कोरिया, भारत, चीन, थाइल्याण्ड, भियतनाम, इटाली, श्रीलंका, रूस, क्यूबा, पाराग्वे, दक्षिण अफ्रिका, अल्जेरिया, कम्बोडिया, नर्वे लगायतका देशको भ्रमण गरेका थिए ।

    रवीन्द्र-विद्या 

    रवीन्द्र अधिकारीको सफलतासँग जोडिएकी सहयोगी हुन्- सिन्धुपाल्चोककी विद्या भट्टराई । कास्कीका रवीन्द्र र सिन्धुपाल्चोककी विद्या तत्कालीन नेकपा (एमाले) को विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ताका रुपमा करिव तीन दशकअघि भेटिएका थिए । संगठनमा रवीन्द्र सिनियर थिए । दुवैले लामो समय अनेरास्ववियुको केन्द्रीय कमिटीमा काम गरे । ०५५ सालमा बिहे भएपछि रविन्द्रलाई सजिलो होस् भनेर विद्या राजनीतिबाट क्रमशः निश्कृय रहेकी थिइन् । नेरास्ववियुको केन्द्रीय सचिवबाट बिदा भएपछि विद्याले घर व्यवहार धान्दै दुई छोरा विराज र स्वराजलाई हुर्काउने र आफ्नो प्राज्ञिक योग्यता बढाउनेमा ध्यान दिइन् । समाजशास्त्रमा एमफिल उनी रत्नराज्य लक्ष्मी क्याम्पसमा प्राध्यापन गरिरहेकी थिइन् । मन्त्री अधिकारिको निधनपश्चात पतिका अधूरा सपना अघि बढाउने सन्दर्भमा विद्याले भावी दिनमा कुन भूमिका रोज्लिन् ? भन्ने प्रश्नको जवाफ उनले दिइसकेकी छिन् । हाल विद्या भट्टराई कांग्रेसका खेमराज पौडेललाई भारी मत अन्तरले पराजित गर्दै कास्की २ को प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी छन् ।

    रवीन्द्रको पहिलो स्मृति दिवसमा सरकार 

    सरकारले  मन्त्री अधिकारीको पुण्यतिथिको अवसर पारेर ‘रवीन्द्र स्मृति पर्यटन पुरस्कार’ स्थापना गर्ने घोषणा गरेको छ । मन्त्री अधिकारीको पहिलो स्मृति दिवसको अवसरमा आज(बिहिबार) मन्त्रालयमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुरस्कार स्थापना गर्ने घोषणा गरेका छन् । पर्यटन क्षेत्रमा विशेष योगदान पुर्‍याएका व्यक्तिलाई हरेक वर्ष उक्त पुरस्कार प्रदान गर्नेगरी मन्त्रालयले कार्यविधि बनाउने काम गरिरहेको उनले बताएका छन्  । यस्तै, आज पोखरा १८ जामुनबोटमा निर्माणाधिन शहीद पार्कमा मन्त्री अधिकारीको शालिक अनावरण गरिएको छ । सुर्खेतका कलाकार तिलवीर सुनार सेन्चुरीले ६ महिना लगाएर बनाएको मन्त्री अधिकारिको पूर्ण कदको रंगीन शालिकको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायतले अनावरण गरेका छन् ।

    • बिहिवार, फाल्गुन १५ २०७६०६:५६:०२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ