धुर्मुस-सुन्तलीको निर्माणमा तयार भएको पहिलो चलचित्र 'सेन्टी भाइरस' रिलिजको दोश्रो सातामा प्रवेश गरिसकेको छ। राम्रो ओपनिङ गरेको उक्त चलचित्र दोश्रो साता पनि करिब करिब ८५ हलमा प्रदर्शन भैरहेको छ । चलचित्रले दर्शकको राम्रो साथ पाएकाले धेरै शो हाउसफुल रहेको छन् । धुर्मुस-सुन्तली आफैँ दर्शकलाई धन्यवाद दिन हल पुगिरहेका छन् ।
आज आइतबर चारखालस्थित इचिवन रेष्टुरेन्टुरमा राखिएको पत्रकार सम्मेलनमा बोल्दै काठमाडौँका वितारक गोविन्द शाहीले अहिलेसम्म सेन्टी भाईरसले करिब दुई करोड दस लाख तीन हजार काठमाडौँभित्र र एक करोड नब्बे लाख पाँच हजार काठमाडौँबाहिर गरि जम्मा चार करोड आठ लाखको व्यापार गरेको बताएका छन् ।
चलचित्र राम्रो नराम्रो जस्तो बने पनि एउटा राष्ट्रिय गौरवको अभियानसँग जोडिएकोले दर्शकले चलचित्रलाई गरेको माया प्रति धुर्मुसले धन्यवाद दिए।उनले दर्शक हाम्रो भगवान् हुन् । दर्शकविना हाम्रो अस्तित्व केही नरहने भन्दै सेन्टी भाईरस दुई पनि आउँछ ? भन्ने प्रश्नमा सेन्टी भाईरस दुई नै चाहिँ भन्न सक्दिनँ म कलाकार भएको नाताले लगातार चलचित्रमा लागिरहन्छु भनेका छन् ।
चलचित्रको नाफाको ५० प्रतिशत रकम निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माण सहयोगार्थ जानेछ। रामबाबु गुरुङकाे निर्देशनमा तयार भएको चलचित्रमा धुर्मुस-सुन्तलीको साथमा दयाहाङ राइ, विल्सन विक्रम राई, बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ।