कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरूः विज्ञ डा. रवीन्द्र पाण्डेको सल्लाह

कोरोनासँग लड्ने क्षमता बढाउने उपायहरूः विज्ञ डा. रवीन्द्र पाण्डेको सल्लाह

  • 5.9K
    SHARES

  • पछिल्लो समय विश्वभर कोरोना भाइरस संक्रमणले तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ । नेपालको छिमेकी देश चीनको वुहानबाट सुरु भएको यो भाइरसले चीनमा मात्रै करिब ३ हजार जनाले ज्यान गुमाएका छन् भने ७५ हजार संक्रमित भएका छन् । यो हप्तामा मात्रै कोरोना भाइरस भारतको विभिन्न सहरमा देखा परेको छ । नेपालको दुवै छिमेकी देशमा फैलिएको यस भाइरसबाट बच्न सरकारले नागरिकलाई सचेत रहन आग्रह गरेको छ । तर, सरकारको पक्षबाट खास तयारी हुन नसकेको भन्दै आलोचना बढ्न थालेको छ । हाम्रो आकाश तथा धर्तीमा करोडौं किटाणु छन् । त्यसमध्ये नोभेल कोरोना एउटा भाइरस हो । रोग त्यसलाई लाग्छ, जसको रोग प्रतिरोधात्मक क्षमता कम हुन्छ । रोगसँग लड्ने क्षमताको विकास गरेमा यस्ता खहरे रोगसँग डराउनु पर्दैन । यसैबीच कोरोना भाइरससँग लड्ने क्षमता कसरी बढाउने भन्ने विषयमा जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेले दिएको केही महत्वपूर्ण जानकारीहरूलाई यहाँ प्रस्तुत गरिएको छ । १– पोषिलो र घरमा बनेको खाने कुरा खाने बानी बसालौँ । हरियो सागसब्जी, फलफूल, दुध, गेडागुडी नियमित खाने गरौँ । खानामा जति विविधता भयो, हामी त्यति स्वस्थ हुन्छौँ । भिटामिन सि, बी६, ई, जिनलगायत पोषण पाउने खाना सेवन गरौँ । २– नियमित व्यायाम, योग, हाइकिङ् गरौँ । खेल खेल्ने बानी बसालौँ । ३– घाममा बसौँ । ४– नियमित अनुलोम विलोम गरौँ । यसले फोक्सोको कार्य क्षमता वृद्धि गर्दछ । ५– चुरोट, सुर्ती, अल्कोहलजस्ता हानिकारक पदार्थको सेवन नगरौँ । ६– बिहान बेलुका नियमित १–१ चम्चा घ्यु खाने गरौँ । ७– लसुन, प्याज, टिमुर, जिरा, धनियाँ, अदुवा, बेसार, तिल, मरौटी, दालचिनी, खुर्सानी, ल्वांग, सुकमेल, अलैंची, जाइफल, कागती, ज्वानोजस्ता मसला राखेको खाना खाने गरौँ । ८– भिटामिन सि पर्याप्त हुने कागती, अमला, सुन्तला, जुनारजस्ता फलको नियमित सेवन गरौँ । ९– पर्याप्त मात्रामा सुताँं । १०– पानी, फ्रेस जुस, मही, दही, दाल, सुप, रसिला फलफूल नियमित खाएर शरीरलाई नियमित सिंचाइ गरौँ । ११– मह, लसुन, बेसार, अदुवा, कुरिलो, गुर्जो नियमित सेवन गरौँ । १२– दिल खोलेर हाँस्ने गरौँ । १३– नियमित चिया र कफी र दुधचिनी नहालेको सेवन गरौँ । १४– ब्रोकाउली तथा च्याउको नियमित सेवन गरौँ । १५– सरसफाइमा अल्छी नगरौँ ।

    • सोमवार, फाल्गुन १९ २०७६११:४७:३५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ