कोरोनाबारे अचेत नबनौँ, सचेत बनौँ । सचेततापूर्वक लडियो भने कोरोनाको हजुरबा भाइरस आए पनि जित्न सकिन्छ । कुनै पनि रोग बिमार सामान्य होइन हरेक रोगबाट बच्नैपर्छ । त्यसैले अहिलेको भाइरल कोरोना त भाइरस हो झन बच्नैपर्यो ।
तर, कोरोनामाथि डरलाग्दो राजनितिकरण भयो । यसलाई मिडियाले यसको क्षमताभन्दा धेरै तन्काए । अर्थात् कोरोना नै सबैभन्दा खतरनाक छ भनेर तन्काइयो । हामी अहिले कोरोना भाइरसभन्दा ‘मिडिया’ भाइरसबाट बढी आक्रान्त छौँ । तर, यो सामान्य र अरूभन्दा कमजोर भाइरस हो भन्ने कुरा पनि नबिसौँ । जसको ‘मृत्यु दर’ रुघाखोकीको भन्दा पनि कम छ ।
काठमाडौँको धुवाँ, धूलो र प्रदुषणले समेत हामीलाई केही गर्न सक्दैन । हामी खेतको मुला उखेलेर माटैसमेत खाँदा समेत पचाउन सक्ने मान्छे हौँ । हामी नेपालीको स्टामिना ‘कोरोना’भन्दा बलियो छ । यही आत्मबलका साथ कोरोनासँग जुध्न तयार रहनुपर्छ ।
हामी किन यत्तिकै आत्तिइरहेका छौँ ? आफ्नो जीवन सञ्चालन र दैनिक काम कारबाहीलाई असर नपारी दिनचर्या चलाऔँ, सावधानी अपनाऔँ । आत्तिन जरुरी छैन । यसको प्रभाव ३० डिग्रीभन्दा माथि यति आक्रमक हुन सम्भव छैन भन्ने जानकारी विज्ञहरूबाट आइसक्यो, त्यसकारण भारत हुँदै पनि लगभग आउँदैन ।
जसरी भुँइचालो आउँदा सचेत बनौँ, अनि भागौँ– अचेत नबनौँ भनेर भनिएको थियो, त्यसैगरी कोरोनासँग हामी पराजित मानसिकता र कमजोर आत्मबलले होइन बलियो मनस्थितिले लडौँ र जितौँ ।
खानपानमा ध्यान दिऊँ । झोलिलो र तागतिलो खानेकुरा खाऊँ । जंक फुड नखाऔँ । सरसफाइमा ध्यान दिऊँ । बेलामा हातमुख धुने गरौँ, भिडभाडमा नजाऊँ । हात नमिलाऊँ । मास्क लगाऊँ, पन्जा लगाऊँ । हामीले हामीलाई कोरोना मात्र हैन कुनै पनि रोगै लाग्न दिनुहुँदैन भन्ने कुरा नबिर्सौं ।
(राजा राजेन्द्र पोखरेल कमेडियन/आर्टिस्ट हुन् ।)
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ