कोरोना त्यति धेरै आत्तिनुपर्ने भाइरस हैन । अहिलेसम्म सबैभन्दा शक्तिशाली भाइरस सार्सलाई हामीले पहिल्यै सामना गरिसकेका छौँ । र जितिसकेका छौँ । त्यसैले कोरोनाबाट नआत्तिऔँ ।
सार्सको मृत्युदर कोरोनाभन्दा अत्यधिक अर्थात् १० प्रतिशत थियो । अहिले कोरोनाको मृत्युदर मात्र २ प्रतिशत हो । यो २ प्रतिशत पनि प्रतिरक्षा क्षमता कमजोर भएका १० वर्षभन्दा कम उमेर समुहका बालबच्चा, मधुमेह र श्वासप्रश्वास सम्बन्धी रोग लागेकाहरूलाई यसको असर चाँडो देखिन्छ । यसको एकमात्र भयावह पक्ष भनेको ‘साइलेन्ट पिरिएड’मा पनि सर्नु हो । तसर्थ कोरोनाबाट हामी बच्नतिर लागौँ, नआत्तिऊँ ।
हाम्रो ‘इम्युनिटी सिस्टम’ बलियो भएको खण्डमा यो भाइरस हामीमा बाँचिरहन सक्दैन । दुई–तीन दिनमै हामीलाई छोडिसक्छ ।
म आफू विभिन्न कार्यक्रममा जानुपर्ने, स्टुडियो, माइक, स्टेज सेट, गाडी, प्लेन, रेस्टुरेन्ट, विभिन्न व्यक्तित्वहरूसँगको भेटघाटका क्रम लगायत हरेक बेला मैले आफूलाई सचेत राख्ने गरेको छु । हात धोइरहन्छु; तातो पानी खाइरहन्छु; मास्क लगाइरहन्छु । कतिपय कार्यक्रम रद्द पनि गरेँ । सामान्य भाइरस हो भन्दैमा हामी बिन्दास भएर हिँड्न चाहिँ हुँदैन । हाम्रो देशमा महामारीको रूप लिनुअगावै हामी सचेत हुनुपर्छ ।
हामी शक्तिशाली मानव हौँ । त्यसमाथि नेपाली हौँ, बलिया छौँ । बस अझ बलियो बन्न खानपान र सरसफाइमा ध्यान दिने हो भने कोरोना भाइरसबाट सजिलै बच्न सकिन्छ । तसर्थ आत्तिनु जरुरी छैन । फेरि भन्छु, ‘सरसफाइ र खानपानमा ध्यान दिऊँ । अर्थात, भीडभाडमा नजाऊँ । हात नमिलाऊँ । नमस्ते गरौँ । बेलाबेला हात धोइराखौँ । तातोपानी तथा झोलिलो तागतिलो खानेकुराहरू खाऊँ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ