इथियोपियामा यतिखेर सन् २०१३ चलिरहेको छ !

इथियोपियामा यतिखेर सन् २०१३ चलिरहेको छ !

  • 2.6K
    SHARES

  • एकातर्फ संसारमा अहिले सन् २०२० चलिरहेको छ, अर्कोतर्फ एउटा देशमा चाहिँ यतिखेर सन् २०१३ चलिरहेको छ । स्वीकार्नुहुन्छ ? स्वीकार्न सक्नुहुन्छ, तर त्यस अगाडि तपाईंलाई चित्त बुझ्दो कारण चाहिन्छ । हो, माथि भनिएको कुरा साँचो हो ! त्यो देशमा अहिले सन् २०१३ नै चलिरहेको छ । कारण ? त्यस देशमा एक वर्षमा १२ महिना होइन १३ महिना हुने गर्छ । अब प्रश्न गर्नुहोस्, कुन देश भनेर ? उत्तर हो– इथियोपिया । इथियोपिया, अफ्रिका महादेशको दोस्रो धेरै जनसंख्या भएको देश हो । जहाँको क्यालेन्डर हाम्रो क्यालेन्डर भन्दा सात साल, तीन महिना पछाडि चलिरहेको छ । इथियोपियन नागरिकहरूले जनावरी– १ मा नयाँ वर्ष मनाउँदैनन् । उनीहरूले सेप्टेम्बर ११ लाई आफ्नो नयाँ वर्ष मान्छन् । प्रथमतः इथियाेपियाको बारेमा थोरै कुरा जानौँ इथियोपिया नेपालीबीच चिर–परिचत हुनका पछाडि पनि कारण छ । त्यो हो, पहिचान सहितको संघीयता । पहिचान सहितको संघीयताको कुरा हुने बित्तिकै केही समय अगाडिसम्म मानिसहरू नेपाललाई इथोपिया बनाउनबाट जोगाऔँ भन्ने गर्थे । तर, अहिले भन्न थालेका छन्, नेपाल इथोपियाजस्तो कहिले बन्ने ? भनिरहेका छन् । कारण एउटै छ, जातीय संघीयता र आत्मनिर्णयको अधिकार सहित पृथक हुने संवैधानिक अधिकार । संविधान निर्माण हुनुअघि इथियोपिया भोकमरीग्रस्त मुलुकका रूपमा परिचित थियो । तर तर अहिले परिस्थिति बदलिएको छ । धेरैले इथियोपियो कायापलटमा जातीय संघीयताको कारण बताउने गरेका छन् । त्यहाँ जातीय संघीयता मात्र होइन, अत्मनिर्णयको अधिकारसहित पृथक हुने अधिकार पनि संविधानले नै ग्यारेन्टी गरेको छ । जातीय संघीयताले देश टुक्रिन्छ भन्ने भयका विरुद्ध इथियोपियालाई शान्ति र स्थिरताको बाटो दिएको छ । इकोनोमिक आउटलुकका अनुसार समग्र अफिकामध्ये नै तिव्र आर्थिक वृद्धिदर रहेको मुलुक इथोयोपिया हो । त्यहाँको आर्थिक प्रगति १०.२ को हाराहारीमा रहेको छ । नेपालको तुलनामा यो वृद्धिदर लगभग दोब्बर हो । इथियोपियाको संक्षिप्त इतिहासः इथियोपिया अफ्रिकाको प्राचीनमध्येको देश हो । साथै अर्मेनियापछिको विश्वकै दोश्रो सबैभन्दा पुरानो आधिकारिक ईसाई राष्ट्र हो । इथियोपिया पुर्वोत्तर अफ्रिका क्षेत्रमा पर्छ । जसलाई ‘हर्न अफ अफ्रिका’को रूपमा पनि चिन्ने गरिन्छ । यो देश अफ्रिका महादेशको नाइजेरिया पछि सबैभन्दा धेरै जनसंख्या भएको देश हो । यसको उत्तरमा इरिट्रया उत्तर पूर्वमा जिबुती, पूर्वमा सोमालिया, दक्षिणमा केन्या र पश्चिममा सूडान रहेको छ । इथियोपियाको आधिकारिक भाषा ‘अम्हारिका’ हो । तर अंग्रेजी, इटाली, फ्रेन्च र अरबी भाषा पनि अत्याधिक बोलिने भाषामा पर्छन् । ठूला शहर तथा केही गाउँमा स्वदेशी भाषा बोल्ने गरिन्छ । यो देशको सबैभन्दा ठूला शहरमा ‘ओरोमिन्या’ र ‘तिग्रिन्या’ रहेका छन् । बारम्बार विदेशी शक्तिको चलखेलको अखडा बने पनि अफ्रिकाका अन्य मुलुक जस्तो उपनिवेश कहिल्यै बनेन । सन् १९२८ मा इटालीसँग व्यापार सम्झौता गरेपछि इथियोपियामा इटालीले उपनिवेशीकरणको प्रक्रिया सुरु भएको थियो तर ऊ सफल भएन । उन्नाइसौँ शताब्दीको अन्त्य र बीसौँ शताब्दीको सुरु ताका इथियोपिया भूभाग विस्तारमा लाग्यो । भूभाग विस्तारबाट असी वटा जातीय समुदाय तथा सत्तरी वटा भाषिक समुदायको वर्तमान इथियोपिया बन्न पुग्यो । संसारभरमा कुन–कुन क्यालेन्डर चल्छ ? नेपालमा हामी कुन पात्रो चलाइरहेका छौँ ? भारत उज्जैनका राजा विक्रमादित्यले चलाएको ‘विक्रम सम्वत’ नेपालको राष्ट्रिय पात्रो हो । यस पात्रोको प्रयोग आधिकारिक रूपमा चन्द्र शमशेरको पालादेखि सुरू भएको हो । त्यसभन्दा पहिले नेपालमा ‘शक संवत’ तथा ‘नेपाल सम्वत’ प्रयोग हुने गर्दथ्यो । राष्ट्रिय विभूति शंखधर साख्वाले वि.सं. ९३७ (इ. सं. ८८०) मा गरीब जनताको ऋण मोचन गरी ‘नेपाल सम्वत’को सुरूवात गराएका थिए । नेपाल संवतले पृथ्वीनारायण शाहको शासन कालसम्म राष्ट्रिय संवतको मान्यता पाएको थियो । यस्तै, पृथ्वीनारायण शाहले सुरु गरेको ‘शक सम्वत’को निरन्तरता सन् १९०४ मा राजा त्रिभुवनको पालासम्म अर्थात १३५ वर्षसम्म कायम रह्यो । त्यसपछि विक्रम सम्वत सुरु गरियो– १९६१ वैशाख १ गतेदेखि । अहिले प्रचलनमा रहेको राष्ट्रिय सम्वत ‘विक्रम सम्वत’ हिन्दु पञ्चांगमा आधारित नेपाल तथा भारतको राष्ट्रिय पात्रो हो । यो प्राचीन हिन्दु परम्परा र वैदिक समयांकनमा आधारित शौर्य पात्रो हो । यो ‘ग्रेगोरियन’ पात्रो (अंग्रेजी पात्रो) भन्दा ५६ वर्ष ८ महिना १५ दिन अगाडि छ । यस पात्रोमा वर्षको सुरूवात वैशाखको पहिलो दिनबाट हुन्छ । तर हामी अंग्रेजी पात्रो (ग्रेगोरियन पात्रो) लाई पनि मानिरहेका हुन्छौँ र छौँ । यस कारण यसबारे पनि थोरै कुरा जानौँ, ‘ग्रेगोरी क्यालेन्डर’ इस्वी सम्बतमा आधारित क्यालेन्डर हो । यो संसारमा लगभग हरेक ठाउँमा उपयोग गरिने क्यालेन्डर हो, जुन जुलियन क्यालेन्डरको रूपान्तरण हो । ग्रेगोरी क्यालेन्डरको मूल एकाइ दिन हुन्छ । ३६५ दिनको एक वर्ष हुन्छ । तर, प्रत्येक चौथो वर्ष ३६६ दिनको हुन्छ जसलाई अधिक वर्ष (लिप इअर) भनिन्छ । यस क्यालेन्डर अनुसार प्रत्येक वर्षमा ३६५ दिन, ५ घण्टा, ४९ मिनेट र १२ सेकेण्ड हुन्छन् । यसलाई पोप ग्रेगोरीले सन् १५८२ मा लागू गरेका हुन् । यसैले यसको नाम ग्रेगोरियन क्यालेन्डर रहन पुगेको हो । इथोयोपियन क्यालेन्डर के हो ? लगभग सबैले नयाँ क्यालेन्डर (ग्रेगोरियन क्यालेन्डर) अपनाए । तर, इथियोपिया सहित केही देशले भने यसको विरोध गरिरहेका थिए । ग्रेगोरियन क्यालेन्डरको प्रचलन सुरु भए पश्चात क्याथोलिक चर्च मान्ने विभिन्न देशले यस पात्रोलाई स्वीकार गरेका थिए तर इथियोपियाले त्यसो गरेन । यस कारण इथियोपियामा अहिले इथियोपियन क्यालेन्डरको प्रयोग गरिन्छ । इथियोपियाले कहिले पनि जुलियन तथा गेग्रोरियन क्यालेन्डर अपनाएन । इथियोपियाको एक वर्षमा १३ महिना हुन्छन् । यसमा १२ महिनामा ३० दिन हुन्छन् । तर, बाँकी रहेको ५ या ६ दिन भने अर्को महिना (१३ औँ महिना) मा पुग्छ । हामी सामान्य हिसाब गरौँ, ३० दिनका दरले १२ महिना गर्दा ३६० दिन हुन् पुग्यो । र बाँकी रह्यो ५ या ६ दिन ! वर्षमा जुन महिनामा ३० दिनभन्दा ज्यादा दिन हुन्छ, त्यसलाई एक महिना भित्र अटाइँदैन । यसरी बचेका दिनहरूको गिन्ती १३ औँ महिना हुने गर्छ । उनीहरू १३ औँ महिनालाई ‘पाग्युमे’ भन्ने गर्छन् ।

    • बुधवार, फाल्गुन २१ २०७६०६:१३:४४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ