काठमाडौं। नेपाली गीत संगीतको क्षेत्रमा एउटा अतुलनीय योगदान दिने त्यो नाम हो ‘एमटी एट्टिएट’ ब्यान्ड । अहिले ‘एमटी एट्टिएट’ ले एउटा नेपाली गीत सार्वजनिक गरेको छ । नेपाली सांगीतिक क्षेत्रमा दुई दशकदेखि सक्रिय ब्यान्ड ‘एमटी एट्टिएट’ले धेरै गीत बजारमा ल्याएकाे छ । जसमध्ये लाचार, तिमी र म, मस्की मस्की, बुढेसकालको लाठी, रात गुजार्न र चिउरीफूल लगायत गीतले निकै चर्चा पाएका छन्।
‘एमटी एट्टिएट’ ब्यान्डले भर्खरै "तिम्रो त्यो बानीले रेला नई गर्यो नि.... मायामा पारेरा झेलानै गर्यो नि"..... बोलको नयाँ गीत बजारमा सार्वजनिक गरेको छ । उक्त गीतमा जिग्मे वा चुकको स्वर रहेको छ । सन्तोष थापा मगर र निखमल गड्ताैलाकाे शब्द रहेको छ भने उक्त भिडियो निर्माण Dona Yonjan Tamang ले गरेका हुन् । यस भिडियोमा अलिश राई (prankster) र कंचन खड्काकाे अभिनय देखिन्छ । उक्त भिडियोको निर्देशन अमृत सुनुवार गरेका हुन् । मेकअपमा अरुणा घिमिरे र सम्पादनमा माधव बेलबासेकाे काम देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=M6-nZ7uo06M&feature=emb_title