Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

प्रमोद खरेल र लक्ष्मी मल्लको ‘विद्यानाश’ भाइरल हुँदै

प्रमोद खरेल र लक्ष्मी मल्लको ‘विद्यानाश’ भाइरल हुँदै

  • 3.3K
    SHARES

  • काठमाडौं । चर्चित गायक प्रमोद खरेल र लक्ष्मी मल्लको आवाजमा रहेको लाेक दाेहाेरी गीत ‘ धराेधर्म विद्यानाश’ सार्वजनिक भएसँगै भाइरल हुन थालेको छ । आफ्नाे मन युट्युब च्यानलमा सार्वजनिक गरिएकाे साे म्युजिक भिडियाेले छाेटाे समयमै धेरै दर्शककाे माया पाउन पाएकाे हाे । गीत युट्युबमा सार्वजनिक भएको एकदिनमै झण्डै १२ लाख पटकभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै माइक्रो भिडियो साइट टिकटकमा समेत गीतले निकै चर्चा बटुलेको छ । टिकटकमा यो गीतका अनेकौँ रमाइला भिडियोहरू बनेर अपलोड भइरहेका छन् । शनिबार ‘आफ्नो मन’ युट्युब च्यानलबाट सार्वजनिक भएको सो गीतमा चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको संगीत रहेको छ भने कृष्ण केसीको शब्द रहेको छ । यो गीत गायक प्रमोद खरेलले गाएको पहिलो लोकदोहोरी गीतका रूपमा समेत रहेको छ । त्यस्तै आफ्ना विभिन्न गीतमार्फत यसअघिनै चर्चा बटुलिसकेकी गायका लक्ष्मी मल्लको स्वरको मोहकताले गीत कर्णप्रिय बनेको छ । एल्बम ‘विद्यानाश’को म्युजिक भिडियो पनि रमाइलो बनेको छ । गीति भिडियोमा लोकप्रिय कलाकार पल शाह र बेनिशा हमालको अभिनय तथा मनमोहक नृत्य तथा विभिन्न दृश्यहरू सामेल गरिएका छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन शिव बिकले गरेका हुन् । उत्सव दाहालले खिचेको उक्त गीति भिडियोमा इन्टेन्स इल्डको सम्पादन रहेको छ । https://youtu.be/iU70Lg2VmBk   

    • आइतवार, फाल्गुन २५ २०७६०१:००:१६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ