यसरी मनाउन थालियो नारी दिवस

यसरी मनाउन थालियो नारी दिवस

  • 2.8K
    SHARES

  • अन्तर्राष्ट्रिय नारी दिवस महिला जागरूकता सम्बन्धी दिवस हो । यो ८ मार्चमा विश्वभर मनाइन्छ । यसलाई राजनीतिक तबरबाट मनाउन शुरु गरिएको भएता पनि हाल महिला अधिकार, महिला सशक्तिकरण र समानता आदि सवालहरू अन्तर्राष्ट्रिय महिला दिवसका विषयहरू हुने गरेका छन् । यो दिवस सर्वप्रथम् सन् १९०९ फेब्रुअरी २८ मा मनाइएको थियो । सन् १९१० मा महिलाहरूको मताधिकार सुनिश्चित गर्ने उद्देश्यका साथ यसलाई अन्तर्राष्ट्रिय दर्जा प्रदान गरिएको थियो । सन् २०२० सम्म आइपुग्दा विश्वभर ११० औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदै छ । यो दिवस मार्च महिना भर नै मनाइन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ देखि महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ । सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हडताल र विशाल जुलुस प्रदर्शन गरे । जर्मनीकी माक्र्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा डेनमार्कको कोपेनहेगेनमा आयोजित महिलाहरूको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ । संयुक्त राज्य अमेरिकाको सोसलिस्ट पार्टीले २८ फेब्रुअरि १९०९ मा सर्वप्रथम नारी दिवसको आयोजना गरेको थियो । सोसलिस्ट पार्टीले सन् १९०८ को अन्तर्राष्ट्रिय महिला कपडा कामदारको आन्दोलनको स्मरणमा २८ फेब्रुअरि १९०९ को दिन महिला दिवस मनायो । यसपछि यो फेब्रुअरि को अन्तिम आइतबारको दिन मनाइन थालियो । सन् १९१० मा सोसलिस्ट इन्टरनेशनलको कोपेनहेगनको सम्मेलनमा यसलाई अन्तर्राष्ट्रिय दर्जा प्राप्त भयो । त्यस समय यसको प्रमुख ध्येय महिलाहरूलाई मताअधिकार दिनु थियो । किनकी महिलाहरूलाई मत दिने अधिकर कतिपय देशहरूमा त्यसताका थिएन । सन् १९११ मा अन्तर्राष्ट्रिय समाजवादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरूको आन्दोलनको समर्थनमा सम्मेलन गरे । जसमा १७ देशका १ सय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक अस्ट्रिया, डेनमार्क, जर्मनी, स्वीट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइएको थियो । सन् १९१७ मा रसियाको महिलाहरूले, महिला दिवसमा गाँस र कपासको लागि हड्तालमा जाने निर्णय गरे । यो हड्ताल पनि ऐतिहासिक थियो । जारले सत्ता छोडे, अन्तरिम सरकारले महिलाहरूलाई भोट दिने अधिकार दियो । त्यस समय रुस मा जुलियन क्यालेन्डर को प्रचलन थियो र बाँकी धेरैजसो देशमा ग्रेगेरियन क्यालेन्डरको प्रचलन थियो । यी दुई दिनमा केही फरक छ । जुलियन क्यालेन्डर अनुसार सन् १९१७ को फेब्रुअरीको अन्तिम आइतबार २३ फेब्रुअरीमा पथ्र्यो । जब की ग्रेगेरियन क्यालेन्डर अनुसार त्यस दिन ८ मार्च थियो । त्यस समय धेरै जसो देशमा ग्रेगेरियन क्यालेन्डर प्रचलित थियो । त्यसैले ८ मार्च महिला दिवसको रूपमा मनाइन थालियो । हालका दिनहरूमा संसार भरिका विभिन्न महिला समूहरूद्वारा विभिन्न कार्यक्रमहरू आयोजित हुने गर्छन् । सन् २००१ मा इन्टरनेशनल विमेन्स डे डट कम नामक डिजिटल हबको सुरुआत भयो । यसमा सित्तैमा आफ्नो गाउँ समाजमा हुन लागेका कार्यक्रमहरूको रजिस्टर गर्न सकिन्छ । सन् २०१३ मा यस वेभसाइटलाई बेलायतमा रहेको एक कम्पनीले चलाएको थियो । सन् २०१६ मा यसलाई इयुद्वारा स्पोन्सर गरियो र थप ७ वटा महिला संघहरू यसमा आबद्ध भए । वेभसाइटले वार्षिक विषय राख्ने गरेको छ । जुन संसार भरलाई सुहाउँदो होस् । थुप्रै संघ संस्थाहरूले यसलाई साथ दिएका छन् । ताइवानमा भने नारी दिवस महिलाको कम्मरको आकारको सर्वेक्षणको नतिजासँगैँ सुरु हुन्छ, जसमा मोटोपनाको विरुद्ध चेतावनी दिइने गरिन्छ । यस वर्ष ११० औं अन्तर्राष्ट्रिय नारी दिवसको मूल नारा ‘समानताको पुस्ताः अन्त्य गरौं हिंसा विभेद र असमानता’ तय गरिएको छ । नारी दिवसका अवसरमा यसअघि सरकारी तबरबाटै कार्यक्रम हुने गरेका थिए । तर, यो वर्ष कोरोना भाइरसको त्रासका कारण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले तय गरेको कार्यक्रम अन्तिम समयमा स्थगित भएको छ ।

    • आइतवार, फाल्गुन २५ २०७६०६:५३:४८
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ