Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

मेरो चरित्र हत्या गर्न खोजियो– अनमोल केसी

मेरो चरित्र हत्या गर्न खोजियो– अनमोल केसी

  • 1.8K
    SHARES

  • केही दिनअघि नायक अनमोल केसीविरुद्ध ठगीको आरोपमा उजुरी लागेको थियो । उनीविरुद्ध ‘धुपौरे’ फिल्मका निर्माता जयन श्रेष्ठ र रुपेश खड्गीले महानगरीय प्रहरी परिसरमा उजुरी दिएका थिए । अनमोलले फिल्मको लागि ५ लाख रुपैयाँ एड्भान्स लिए पनि काम नगरेको भन्दै उजुरी दिएका हुन् । हालै अनमोलले यस कुरामा स्पष्टीकरण दिएका छन् । उनले फिल्मको स्क्रिप्टमा चित्त नबुझेर अझै सुधार गरौँ भन्दा नमानेर फिल्म छाडेको बताएका छन् । साथै उनले आफूले लिएको ५ लाख एड्भान्स जतिबेला पनि फिर्ता गर्ने पनि बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘म अनमोल केसी । म र मेरो फिल्म मन पराउनु हुने दर्शक तथा शुभचिन्तक एवम् सञ्चारकर्मी मित्रहरु । म फिल्म ‘ए मेरो हजुर ४’ सुटिङको सिलसिलमा व्यस्त भई काठमाडौँ बाहिर भएको बेलामा ममाथि ५ लाख रुपैयाँ ठगीको आरोप लागेको बारेमा मिडिया मार्फत सुनेर स्तब्ध भएको छु । यो कुराको स्पष्टीकरण म मिडियाकर्मी मित्रहरूको सामु उपस्थित भएरै दिन चाहन्थे तर म अहिले सुटिङको क्रममा काठमाडौँ बाहिर रहेकाले यही मार्फत आफ्नो कुरा राख्न चाहन्छु । करिब ३, ४ महिना पहिला ‘धुपौरे’ नामक फिल्म साइन गरेको थिएँ । फिल्म साइन गरे वापत फिल्मका निर्माताले साइनिङ अमाउण्टको रुपमा रू ५ लाख दिनु भएको थियो । यहाँहरू सबैलाई अवगतै छ कि मैले फिल्म साइन गर्दा मेरो विवेकले भ्याएसम्म स्क्रीप्टलाई प्राथमिकता दिने गरेको छु । यो फिल्म साइन गर्दा मैले यसको वानलाइन स्टोरी मात्र सुनेको थिएँ । स्क्रिप्ट तयार भएर आउँदा त्यो मैले सुनेको वानलाइन भन्दा धेरै फरक थियो । मैले निर्माता निर्देशकलाई स्क्रिप्टमा थप काम गर्न आग्रह गरेँ । स्क्रिप्टमा थप मेहनत गरेर अझै राम्रो फिल्म बनाऊ भन्नु के मेरो गल्ती हो र ? तर उहाँहरूले त्यही स्क्रिप्टमा सुटिङ्गमा जान मलाई कर गर्नु भयो जुन मैले मानिनँ । यही कुरामा मत बाझियो र यही स्क्रिप्टमा फिल्म बनाउनुहुन्छ भने तपाईंहरुको पैसा फिर्ता लिन सक्नुहुन्छ भन्दा उहाँहरूले लिन मान्नु भएन । र, अहिले अचानक उल्टो ममाथि ठगीको आरोप लागेको सुन्दा म स्तब्ध भएको छु । अहिले पनि उहाँहरूले मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नु हुनेछ । मैले यसो भनिरहदा धेरैलाई लाग्न सक्छ पुरै स्क्रिप्ट नपढी किन फिल्म साइन गरेको त ? मैले माथी नै भनिसकें कि नेपाली फिल्म इन्ड्रष्टी सानो छ र यहाँ धेरै काम विश्वासका आधारमा हुन्छन् । मैले फिल्मको स्क्रिप्टमा थप होमवर्क गरौँ भन्दा उहाँहरूले इगोको रूपमा लिनुभयो र म सुटिङको शिलशिलामा बाहिर भएको मौका छोपी मेरो चरित्रहत्या गर्न खोज्नु भएकोमा म अत्यन्त दुखी भएको कुरा अवगत गराउँदै वहाँहरूसँग एड्भान्स लिएको रकम जुनसुकै समयमा म फिर्ता दिन तयार रहेको जानकारी गराउन चाहन्छु ।’

    • सोमवार, फाल्गुन २६ २०७६०१:२४:५४
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ