’स्याङ्जाली र झापाली जाली हुन्छन्’ भन्ने भनाइको रहस्य रमाइलो हो कि घोचपेच ठ्याक्कै थाहा छैन । तर, जसले जेजे भने पनि कोही यसो भन्छन् । कोही ‘स्याङ्जालीलाई नभन जाली’ भन्ने भनाइ गीतमा नि सुनिन्छन् ।
उनी पनि यसै भन्छन् स्याङ्जालीलाई जाली भन्नैपर्ने कारण उनी पनि देख्दैनन् ।
जालझेल गर्नेहरूको कर्तुतमा स्याङ्जा मात्र होइन कुनै पनि जिल्ला या भेग होमेको कहाँ ठिक हुन्छ त ? जहाँको पनि जाली हुन सकिहाल्छ नि । जहाँको पनि भलाद्मी हुन सक्छन् ।
कसैलाई पनि यसै जाली भन्न हुन्न भन्छु म ।
त्यही सुप्रसिद्द जिल्ला स्याङ्जामा जन्मेर हुर्केका उनी आफैँमा रिजर्भ टाइपका, हत्तपत्त कतै अघि नपर्ने, परिआए मात्र तातो लाग्ने बचपनबाटैको स्वभाव ।
स्कुल जीवनमा अलिअलि गाउने बानी थियो ।
एसएलसी सकेर २०५७ सालमा काठमाडौँ आएर आरआर क्याम्पसबाट संगीत पढ्न सुरु गरे । कलेज र कोठा बाँकी रहेको समय काम, जीवन सामान्य चलिरहेको थियो यसैबीच आयो नेपाली ताराको हल्ला ।
साथीभाइ मिलेर जाने योजना बन्यो गीतहरू तयारी गरेर गए भिड्न । सौभाग्य भनौँ या जे भनौँ ती जम्मा भएर गएका साथीहरूमध्ये अहिले कोही पनि संगीतमा छैनन् । उनी भने निरन्तर संगीतमै छन् । सयौँ गीत गाएका छन् । भर्खरैको कुरा गर्दा ‘प्रसाद’ फिल्मको ‘वनकी चरी’ले माहोल रिफ्रेस गरेको महसुस उनी गर्छन् । कलाकारले हरेक गीत संगीतको लागि उस्तै मेहेनत गरेर निकाल्ने तर चलेको बेला वाहवाही गर्ने नचलेको बेला वास्ता नगर्ने जो कसैको पनि प्रवृत्तिले उनलाई पिन्च गराउँछ । ‘हरेक दिन नया संघर्षको ‘ललकार’ हुने रियालिटीको नाम जिन्दगी हो रहेछ’ भन्ने उनी महसुस गर्छन् । उनै रुपक डोटेलसँग होलीको अवसरमा गरिएको कुराकानी ।
होली कसरी खेलेको मन पर्छ ?
धुम्रपान मद्यपान भाङ धतुरो रहित । आफ्ना साथीभाइ आफन्त अग्रज अनुजहरूसँग मनाएको राम्रो लाग्छ । होलीको उद्देश्य उमंग उत्साह रंग–रमाइलो उत्सव बनोस् भन्ने म चाहन्छु । होलीको नाममा विकृत सोच र व्यवहार दुवै मलाई मन पर्दैन ।
यसपालिको होली कसरी मनाउने योजना छ ?
कोरोना भाइरसको संसारभर फैलिरहेको प्रकोपलाई मध्यनजर गर्दै तथा प्रशासनको अनुरोधलाई स्विकार्दै होली घर परिवारबीचमा मात्र मनाउने निर्णय गरेको छु ।
होलीको बारेमा तपाईंको सबैभन्दा राम्रो र सबैभन्दा नराम्रो स्मृति के छ ?
नयाँ कलाकार भएर होलीको उत्सवमा गाउन जाँदाको पल र आफ्नो प्रस्तुति आफन्त साथीभाइले हेरेर आफ्नो प्रस्तुतिमा रमाइदिँदाको क्षण सबैभन्दा रमाइलो लाग्छ । नराम्रो घटना चाहिँ खासै छैन ।
अपरिचितलाई तपाईंले रङ लगाइदिनुभएको छ ? कस्तो प्रतिक्रिया पाउनुभो ?
अपरिचितलाई अहिलेसम्म लगाएको छैन । अपरिचितलाई लगाउनु अलि असहज लाग्छ । कसैलाई मन नपर्न सक्छ भन्ने कुराको ख्याल हामीले राख्नुपर्छ ।
अपरिचितले तपाईंलाई रङ लगाइदिएको छ ? कस्तो प्रतिक्रिया जनाउनुभयो ?
छ किन नहुनु । तर, म कलाकार भएको नाताले मलाई चिन्ने मेरा शुभचिन्तकले सौहार्दपूर्ण तरिकाले रङ लगाइदिँदा म खुसी नै हुन्छु । अभद्र व्यवहार कसैले गरे दुःख त लाग्छ नि ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ