हरेक वर्ष फागुन शुक्ल पक्षको पूर्णिमा तिथिमा होली उत्सव मनाउने परम्परा सदियौँदेखि रहिआएको छ । यस वर्ष फागुन २६ गते सोमबार होली पर्व परेको छ । तराईमा भने भोलिपल्ट होली पर्व मनाउने प्रचलन प्राचीन कालदेखि नै रहिआएको छ ।
काठमाडौँको वसन्तपुरमा अष्टमी तिथिमा २५ फिट अग्लो काठको लिंगो ठड्याई, विभिन्न रंगीन कपडाले त्यसमा बेरी, टुप्पोमा रंगीन कपडा बेरेर पूर्णिमाको दिन राति विधिवत् रूपमा जलाउने परम्परा रहिआएको छ ।
यता होली पर्व नजिकिँदै जाँदा कोरोना भाइरस नेपालीहरूको लागि पनि झन् झन् समस्या बन्दै गइरहेको छ । जसले गर्दा होलीसँगै जाग्ने उत्साह भने केही हदसम्म कम हुँदै गइरहेको छ । कोरोना भाइरसको जोखिमलाई ध्यान दिँदै काठमाडौँमा होली खेल्न रोक लगाइएको छ । भिडभाड र जमघट हुने ठाउँमा कोरोना भाइरसको संक्रमण हुने खतरा भएकाले होली खेल्न नपाइने निर्णय गरिएको हो ।
डब्ल्यूएचओले कोरोनाबाट भइरहेको मृत्युको दर ३.४ प्रतिशत रहेको कुरा अपडेट गरेको छ । धेरै रिपोर्टहरूले कोरोना मानवबाट मानवमा सर्ने देखएको छ ।
यस्तो आवस्थामा यो वर्ष होली खेल्नु के राम्रो विचार हो ?
यस वर्ष होली नमनाउनु उचित रहन्छ ।
विशेष त काठमाडौँमा सडकमा डुलेर, वसन्तपुर खुल्ला मन्च जस्ता स्थानमा पुगेर होली मनाउन चलन छ । विभिन्न कार्यक्रमहरू आयोजना गरेर ‘डान्स म्युजिक कन्सर्ट’ सहित होली मनाउँदै आइएको छ । यस्ता विशेष जमघटमा भिड हुने हुँदा संक्रमणको सम्भावना उच्च रहन्छ ।
तसर्थ यस्तो बेलामा कनजै कन्सर्ट, सपिङ मल, खुल्ला बजार, कुनै किसिमका सम्मेलन, वा कुनै भिड हुने सार्वजनिक स्थानहरूमा अनावश्यक यात्रा नगर्नुमै बुद्धिमता हुनेछ ।
कोरोना भाइरसको प्रभावमा रहेका जो कोहीबाट पनि सजिलै सर्न सक्छ । उसै पनि हामीलाई हाम्रो सम्पर्कमा आउने सबै व्यक्तिको बारेमा थाहा हुँदैन । यस्तोमा संक्रमण हुनबाट बच्न हरपल सजग रहनुपर्छ । संक्रमण सार्न एक संक्रमित व्यक्ति पर्याप्त हुन्छ यस्तोमा के हामीले जोखिम मोल्नु उचिहोला ? पक्कै नहोला !
अध्ययनहरूले देखाए अनुसार भाइरसको इन्क्युवेसन अवधि २–१४ दिन हो । संक्रमणको लक्षण भएका व्यक्तिहरूले पनि संक्रमण फैलाउन सक्ने हुँदा यो समयमा सामाजिक दूरी र व्यक्तिगत स्वच्छता महत्वपूर्ण छ । त्यस्तोमा, हामी होली खेल्न ठूलो जमात जम्मा भएको ठाउँमा वा घर–घरमा जानु भनेको, संक्रमण हुने सम्भावना बढाउनु मात्र हो । यही कारणले गर्दा काठमाडौँ लगायत देशका धेरै स्थानमा सार्वजनिक रूपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि अनिश्चित कालसम्मका लागि स्वीकृति नदिइने भएको छ ।
नेपालमा कोरोना भाइरसले अझै ठूलो आतंक पैदा गरेको त छैन । तर पनि, हरेक व्यक्तिले व्यक्तिगत स्वच्छताको अभ्यास गर्नुपर्छ । ‘यस पटक सकेसम्म होली नखेल्नु राम्रो हो’ । यदि होली खेल्ने नै भए, हामीले नियमित रूपमा संगत गरेका निकट व्यक्तिहरूको सानो समूहमा मात्र खेल्नु उचित रहन्छ । आज त्योभन्दा राम्रो त घरमै रहेर होली खेल्नु हो । केवल आफ्नो परिवारका सदस्यहरू वा साथीहरूसँग मात्रै होली खेल्यो भने खतरा कम रहन्छ । हठ गरेर जमातमा होली खेल्न जानु भनेको आफ्नै जिन्दगीलाई अफ्ठ्यारोमा पर्नु मात्र हुन सक्छ । भोलि रुनु भन्दा आजै सुरक्षित रहनु चलाखी हो ।
उसै पनि होलीमा मलाई अफ्ट्यारो लाग्छ बाहिर निस्कन । लोला हान्ने जबरजस्ती रङ दल्ने मलाई मन पर्दैन । यस वर्ष त स्वास्थ्यको हिसाबले पनि होली खेल्न उचित छैन त्यसैले म त बिदा मनाउने हो घरमै बसेर । बसन्तपुरमा भेटिएकी एक युवतीले भनिन् ।
सावधानी के अपनाउनु पर्छ ?
‘यदि होलि खेल्ने नै हो भने– पहिले निश्चित गरौँ कि चिसोको लक्षण देखिएको वा ज्वरो आएको कोही व्यक्ति संलग्न त छैन । चिसोको लक्षण छैन भन्ने निश्चित भएमा होली खेल्न सकिन्छ तथापि यो विधि पूर्ण रूपमा सुरक्षित भने होइन ।
प्रायः रुघाखोकी चिसो महिनामा लागिरहेको हुन्छ । तर, कोरोना चिसोको कारण नभई भाइरसको सम्पर्कमा आउँदा लाग्छ । तर, केही अध्ययनहरूले देखाए अनुसार चिसो तापमानमा मान्छेको प्रतिरक्षा प्रणाली भने कमजोर हुन सक्छ । त्यसो भए के यस होलीमा चिसो पानीमा नखेल्नु सुरक्षित हुने एक उपाय भने पक्का हो । र, यदि शरीर चिसो भइहाले पनि, घाम भएको ठाउँमा बसेर अरू उपाय गरेर आफूलाई सुख्खा बनाउनु पर्दछ ।
‘यो होलीमा बालबालिकाको स्कुल छुट्टी हुन्छ । बालबालिकाहरूरहरले हिँड्न चाहन्छन् । बाहिर गएर होली खेल्ने जिद्दी गर्न सक्छन् । यस्तोमा बाहिर जानू हुन्न भनेर सम्झाएर बालबालिकासँग घरमै होली खेल्न अनुरोध गर्दछु । उसै पनि संक्रमणले बालबालिका र वृद्धहरुलाई चाँडो असर गर्छ,’ काठमाडौँकै एक शिक्षकले सुझाव दिए ।
हामीलाई कोरोना रोग कसरी सर्छ भनेर थाहा छ, तथापि हामी कतै लापरबाही त गरिरहेका छैनाैँ ? मास्क जहाँ पायो त्यही खोल्ने राख्ने । बाहिर बाट आउँदा हात नधोई घरभित्र पस्ने । सफा नगरी औँलाले नाक मुख आँखा छुने गरिरहेका हुन्छौँ । खोक्दा र हाच्छ्यँ गर्दा रुमालको प्रयोग नगर्दा हाम्रो वरपरका मानिस असुरक्षित भइरहेका हुन सक्छन् ।
होली पर्व हाम्रो लागि खुशी र उत्साहको पर्वमा होली नखोलौँ भन्ने आशय नभई सुरक्षित रहनोस् भन्न नै हो । आफू स्वस्थ र सुरक्षित रहनु हरेक व्यक्तिको निम्ति महत्वपूर्ण कुरा हो ।
यस वर्ष होलीलाई अलिक फरक तरिकाले मनाउन सकिन्छ । आफ्नो परिवारलाई समय दिऊँ । परिवारमा बसेर आगामी दिनमा आउने सक्ने समस्यासँग एकजुट भएर कसरी लड्ने भन्ने योजना बनाऔँ । आफ्ना बालबालिकालाई कसरी सुरक्षित रहने भन्ने बारेमा जानकारी गराऔँ । सकेसम्म बाहिर ननिस्कनलाई अलि लामो समयको लागि चाहिने इन्धनको जोहो गरौँ । केही सिर्जनात्मक काम गरौँ । अध्ययन गरौँ । सुरक्षित रहौँ । होली पर्वको शुभकामना ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ