रङहरूको पर्वका रूपमा मनाइने यस वर्षको होली आज अर्थात् फाल्गुन २६ गते बाट सुरु भएको छ । हरेक वर्ष फाल्गुन पूर्णिमाका दिन मनाइने होली असत्यमाथि सत्यको विजयका रूपमा मनाउने परम्परा छ । होली पर्व नेपाल र भारतमा विशेष र प्रमुख चाडका रूपमा मनाइन्छ मनाउने गरिन्छ ।
परापूर्वकालदेखि भगवान् विष्णुका परमभक्त प्रह्लादसँग यस पर्वलाई जोडेर हेर्ने गरिन्छ । हिरण्य कसिपुका पुत्र प्रह्लादलाई आफ्नै बहिनी होलिकाले आगोमा भष्म पार्न लाग्दा होलिका आफैँ आगोमा भष्म भएको किंवदन्ती छ । विष्णुभक्त प्रह्लादलाई त्यसरी जोगिएको दिनको सम्झनामा होली पर्व मनाउन सुरू भएको मानिन्छ ।
पौराणिक मान्यता अनुसार होलीसँग श्रीकृष्णको पनि गहिरो सम्बन्ध छ । यो पर्वलाई राधा र कृष्णको प्रेमको प्रतीकको रूपमा हेरिने गरिन्छ । त्यसैगरी पौैराणिक कथाका अनुसार जब कंशलाई श्रीकृष्ण गोकुलमा भएको कुरा थाहा हुन्छ, उसले पुतना नामक राक्षसीलाई गोकुलमा जन्मेका सबै बच्चाहरूलाई मार्न पठाएको सन्दर्भ पनि होलीको पौराणिक कहानीहरूमा उल्लेख गरेको छ ।
पुतनाले स्तनपानको वहानामा सबै बच्चाहरूलाई विषपान गराउन बनाएको योजना श्रीकृष्णले बुझिसकेका थिए । उनले स्तनपान गराउँदा गराउँदै उनको बध गरिदिए । त्यो समयदेखि नै होली पर्व मनाउने मान्यता सुरु भएको हो ।’
होली पर्वले वसन्त ऋतुको आगमनको शंखघोष समेत गर्दछ । होली रङहरूको पर्व हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङहरू हालेर एक अर्कालाई रंगीन बनाउँछन् । होली पर्व मनाउनुको पौराणिक कारण माथि उल्लेख गरिए झैँ भएपनि योसँग जोडिएका फरक फरक ऐतिहासिक तथ्य रहेका छन् ।
यसरी मनाइन्छ होली
होली खेल्न सुरु गर्ने दिनभन्दा एक दिन पहिले राती होलीका दहन गर्ने चलन छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवायुवतीहरू गीत गाउँदै र नाच्दै होली खेल्छन् । भनिन्छ, होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासँग एक अद्वितीय सम्बन्ध स्थापित गर्दछन् । यस पर्वलाई फाल्गुन पूर्णिमाको दिनमा मनाइने भएकाले यसलाई ‘फगुआ’ पनि भन्ने गरिन्छ ।
होली पर्व घरपरिवार र साथीभाइ आपसमा रङमा रंगिएर उल्लासपूर्वक मनाउने फागुन पूर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रंगीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमंगका साथ मनाइने रंगीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चिर तथा ध्वजाले विशेषरूपले सजाएको लिंगो गाडेपछि होली सुरू भएको मानिन्छ । फागु पूणिर्माको राती लिंगोलाई ढालेर जलाएपछि समाप्त हुने गर्दछ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ