Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

जबर्जस्ती करणी प्रयास : चिच्याउँदै घर आइन् युवती

जबर्जस्ती करणी प्रयास : चिच्याउँदै घर आइन् युवती

  • 2.5K
    SHARES

  • पाल्पा । जिल्लाको रामपुर नगरपालिकामा एक युवतीमाथी जबर्जस्ती करणी प्रयास भएको खुलेको छ । रामपुर नगरपालिका वडा नं ३ स्थित रजघराको सानी अमराई जङ्गलमा युवतीमाथी जबर्जस्ती करणी प्रयास भएको हो। आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुँदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया युवतीलाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि घटना सार्वजनिक भएको हो। घटनामा संलग्न नगरपालिकाको वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा युवतीको भित्री वस्त्र र शुरुवालसमेत फालिएको अवस्थामा भेटिएको छ । प्रहरीले भने पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भइरहेको जनाएको छ । तर पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जानकारी दिएका छन् । प्रहरीका अनुसार पीडित युवती आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्। रामपुरको बेझाड बजार गइरहेकी युवतीलाई पाण्डेले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेका हुन् ।

    • सोमवार, फाल्गुन २६ २०७६०५:३१:१०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ