काठमाडौँ । बैंकिङ कसुर मुद्दामा पाटन उच्च अदालतले एक महिनाअघि पक्राउ पुर्जी जारी गरेका ठेकेदार मनोज भेटवालले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् ।
मंगलबार (आज) बिहान ८ बजेतिर महानगरीय प्रहरी परिसर टेकुमा पुगेर भेटवालले आत्मसमर्पण गरेको परिसरका प्रवक्ता डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।
प्रहरीले उनलाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाउने भएको छ ।
भेटवाल ‘क’ वर्गका निर्माण ठेकेदार हुन् । उनको जलेश्वर स्वेछन्द विक्वोइ विल्डर्स कम्पनीले पुरानो बसपार्कमा भ्यु टावर बनाउने ठेक्का पाएको छ ।
यसअघि उनी एपेक्स बैंक घोटालामा पनि मुछिएका थिए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ