Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

काजोलको फ्लिम ‘देवी’लाई चोरीको आरोप

काजोलको फ्लिम ‘देवी’लाई चोरीको आरोप

  • 1.5K
    SHARES

  • एजेन्सी । केही दिन अघि बलिउड अभिनेत्री काजोल स्टारर फ्लिम ‘देवी’को सामाजिक संजालमा खुब प्रशंसा भयो । रेप भिक्टिमहरूको कथामा आधारित उक्त फ्लिमलाई अहिले चोरीको आरोप लागेको छ । एसियन एकेडेमी अफ फिल्म एण्ड टेलिभिजनका विद्यार्थी अभिषेक रायले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो फिल्मको थिम चोरेको आरोप लगाएका छन् । उनले आफ्नो सर्ट फिल्म ‘फोर’सँग देवीको कथावस्तु मिलेको भन्दै चोरीको आरोप लगाएका हुन् । दुई वर्षअघि अन्डा करी प्रोडक्सनले सर्ट फिल्म ‘फोर’ बनाएको थियो । फिल्मको मुख्य थिम बलात्कार पिडितको सामना अर्का पीडितहरूसँग हुने गर्छ भन्ने थियो । फिल्म ‘देवी’ पनि उही कथावस्तुमा आधारित रहेर बनाएको दाबी अभिषेकले गरेका छन्। उनले लेखेका छन्, ‘हामी विद्यार्थी भएका बेला बनाइएको फिल्ममा पक्कै पनि कमी छ तर त्यो हाम्रो आफ्नो कल्पना थियो । अर्काको आइडियालाई कपी गरेर कसैले कसरी आफ्नो आइडिया भनेर भन्न सक्छ ?’ उनले देवीका निर्माताविरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेका छन् । प्रियंका बनर्जीको लेखन तथा निर्देशन रहेको फिल्ममा काजोलसँगै नेहा कुलकर्नी, नेहा धुपिया, श्रुति हसन, शिवानी राजवंशी लगायत कलाकारको मुख्य भूमिका रहेको छ ।

    • मंगलवार, फाल्गुन २७ २०७६०२:५५:४६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ