धमिलो पृष्ठभूमिको अघिल्तिर एउटी नग्न बालिका आफूलाई आफ्नै अंगालोमा खुम्च्याएर चिच्याइरहेको आकृति कोरिएको चित्रले धेरै दर्शकको ध्यान तानिरहेको छ । चित्रमा एउटी बालिकालाई लुछ्न तयार देखिन्छन् दुई बाज– जसलाई बलात्कारीको बिम्ब बनाइएको छ । बालिका बलात्कृत हुन्, जसको हत्या भइसकेको छ ।
बालिका बसेको ठाउँमा आइसक्रिम पग्लिएको छ– जसलाई बालिकाको सपना रहरको बिम्ब बनाएको कलाकार रीति महर्जनले बताइन् ।
चित्रकार महर्जनले चित्रको शीर्षक ‘शितले बगाएको न्याय’ दिएकी छिन् ।
सन् २०१० देखि नै ‘नेसनल वुमेन आर्ट एक्जिविसन’ हुँदै आइरहेको थियो । यस पटकबाट अन्तर्राष्ट्रिय आर्ट कल्चर ऐक्स्चेन्ज होस् र नेपाली महिला चित्रकारहरूलाई अन्तर्राष्ट्रिय स्तरमा एक्पोजर मिलोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय महिला चित्रकला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको आयोजक सरिता डंगोलले बताइन् ।
दैनिक जीवनमा सामाजिक सिमा, सोचहरूले कसरी असर गर्छ ? र ती कुरालाई व्यक्तिगत रूपमा आफूले कसरी महसुस गरे भन्ने कुरालाई आफ्नो चित्रमा उतार्न खोजेको बताउँछिन्– चित्रकार अनामिका गौतम ।
‘इट्स ओके’ शीर्षकको चित्रमा अफ्ठ्यारोमा पर्दा कुनै पनि व्यक्तिलाई हौसला प्रदान गर्ने मानिसहरूको महत्व र औचित्यलाई देखाउन खोजेकी छिन् । ‘हामी कहिलेकाहीँ कसैको हिम्मत राख, इट्स ओके शब्दले पनि नकारात्मक, डिप्रेसिङ मानसिकताबाट बाहिर आउन सक्छौँ,’ उनले भनिन् ।
अर्की कलाकार प्रमिला बज्राचार्यले महिलाले गरेको संघर्षलाई क्यानभासमा उतार्न खोजेकी छिन् । ‘गाह्रो होला तर असम्भव केही हँुदैन,’ प्रमिला भन्छिन् । उनले आफ्नो चित्रमा महिला र क्याक्टस राखेकी छिन्, जसले महिलाहरूको कठिनाई देखाउँछ । क्याक्टसमा फूल फुलेको छ– जसले संघर्षपछिको सफलता देखाउँछ, सूर्य र महिला सम्भावना देखाउन र फूल र महिला सफलता र खुसीको रूपमा देखाउने प्रयोग गरेकी छिन् उनले ।
‘इन्फाइनाइट थट’ शीर्षकमा जारी प्रदर्शनीमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गरेर १४ देशका ५० जना महिला कलाकारहरूको सहभागिता रहेको छ । पेन्टिङ, पर्फमेन्स, सेरामिक्स, मूर्ति र प्रिन्ट गरी पाँच विधामा ५६ वटा कलाकृति प्रदर्शनीमा राखिएको छ ।
काठमाडौँको बबरमहर स्थित नेपाल कला परिषदमा ८ मार्च अन्तर्राष्ट्रिय महिला दिवसको दिनबाट सुरु भएको प्रदर्शनी १३ मार्चसम्म चल्ने छ । साथै यही प्रदर्शनी १५ मार्चबाट ४ अप्रिलसम्म ‘क्लासिक ग्यालरी’ ललितपुरमा समेत चल्ने आयोजकले बताए ।
८ जना महिलालाई सम्मान समेत गरिएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नेपाल ललित कला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्यले गरेका थिए ।
प्रदर्शनीमा नेपालबाट प्रतिनिधित्व गर्दै सरिता डंगोल, जस्मिन राजभण्डारी, डा. सिमा शर्मा शाह, शारदा चित्रकार, अनामिका गौतम, नम्रता सिंह, विधाता के.सी., मुना बडेल, सोनी राई, प्रमिला लामा, कुन्ती थापा मगर, सोनी राई, प्रमिला बज्राचार्य, आर्या राजभण्डारी, अरुणा हिङमाङ, चाँदनी बज्राचार्य, दिपमाला महर्जन, एरिना ताम्राकार, नीरा जोशी प्रधान, पूजा महर्जन, प्रधी राना, पुष्पा शेरचन, रीता मानन्धर, रुकुमणि श्रेष्ठ, संगी श्रेष्ठ, सत्यशीला कसजू, सौरगंगा दर्शनधारी, सुजिता महर्जन, सुनिता महर्जन, सुनिता राना, सुष्मा शाक्य, सुशिला सिंह, यमुना श्रेष्ठ लगायतका कलाकारले सहभागिता जनाएका छन् ।
त्यसै गरी अन्य १३ देश क्रमशः श्रीलंका, स्पेन, मोरक्को, ताइवान, अमेरिका, भारत, हंगेरी, म्यासेडोनिया, पोर्चुगल, पोल्याण्ड, टर्की, बेल्जियम र जापानबाट सहभागिता जनाउन आएका महिला कलाकारले समेत सहभागिता जनाएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ