कोरोना लगायत अन्य अफवाहको पछि नलाग्न शेयर लगानीकर्तालाई आह्वान

कोरोना लगायत अन्य अफवाहको पछि नलाग्न शेयर लगानीकर्तालाई आह्वान

  • 1.2K
    SHARES

  • शेयर लगानीकर्ता संघ नेपाल र नेपाल एन्भेष्टर्स फोरमले विगत केही दिन देखिको नेप्सेमा आएको गिरावट प्रति आफ्नो ध्यानाकर्षण भएको बताउँदै लगानीकर्तालाई कोरोना लगायतका अन्य अफपवाहको पछि नलाग्न आग्रह गरेका छन् । नेपाल इनभेस्टर्स फोरम र सेयर लगानीकर्ता संघले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै नेपालको समग्र आर्थिक अवस्थामा कुनै खास नकरात्मक परिर्वतन नदेखिएको र सेयरबजारलाई प्रत्यक्ष असर पर्ने कुनै गतिविधि पनि नभएको बताएका छन् । तर पनि यो समयमा लगातारको नेप्से गिरावटबाट लगानीकर्तामा पर्ने गएको असर र बजारप्रति आएको निरासापनले आफूहरुलाई अत्यन्त गम्भीर भएर सोच्नुपर्ने अवस्था आइपरेको उनीहरुको भनाइ छ । उनीहरुले भने “सेयर बजारमा नियामक निकाय सुधारका कार्यक्रम क्रमशः कार्यान्वयन हुँदै गरेका र पुँजीबजारमा कारोबार हुने कम्पनीको नाकामा कुनै नकरात्मक प्रभाव देखिएको छैन, यस्तो अवस्थामा सेयर कारोबार गर्दा अत्यन्त संयमित र धैर्य हुनुपर्दछ ।” विगतका केही दिनदेखि यता नेप्सेमा अप्रत्यासित रुपमा लगातार गिरावट आएको छ । आज मंगलबार पनि सेयर बजारमा ६ प्रतिशत नकारात्मक सर्किट लागेपछि सेयर कारोबार बन्द भएको हो । १ बजेर १३ मिनेटमा बजारमा ६ प्रतिशतको गिरावट आएपछि बजार मंगलबारको लागि बन्द भएको हो । यो दिन लगातार ३ पटक नकारात्मक सर्किट लागेको छ । पहिलो पटक ११ बजेर ५९ मिनेटमा ४ प्रतिशतको सर्किट लागेर त्यसपछि १२ बजेर ३१ मिनेटमा ४ प्रतिशतको सर्किट लागेर ४० मिनेटको लागि कारोबार स्थगित भएको थियो । पुन १ बजेर १३ मिनेटमा बजार ६ प्रतिशतले घटेपछि कारोबार बन्द भएको हो । यसले गर्दा लगानीकर्ता मर्कामा परेका छन् ।  

    • मंगलवार, फाल्गुन २७ २०७६०७:२९:३३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ