मैथिली महिलाहरूद्वरा निर्मित सुन्दर मिथिला चित्रकलालाई पछाडितिर पछ्याउँदै जाने हो भने ७ औँ शताब्दीसम्म पुग्न सकिन्छ । जहाँदेखि पुस्तान्तरण हुँदै मिथिला चित्रकला यहाँ आइपुगेको छ । मिथिला चित्रकला भारतमा भने मधुबनी चित्रको नामले पनि चिनिन्छ । जुन नेपाल र भारतको मिथिला क्षेत्रका विभिन्न समुदायका महिलाहरूले परम्परागत रूपमा डिजाइन गरेर सिर्जना गर्ने चित्र हो । मिथिला राज्यको पूर्व राजधानीरूपमा रहेको जनकपुर मिथिला कलालाई प्रबर्धन सुधार गर्ने केन्द्रको रुपमा रहिआएको छ।
सुरुवाती कालमा, गाउँका महिलाहरूले आफ्ना विचारहरू, आशा र सपनाहरूलाई चित्रको रूपमा औँलाको टुप्पो, ब्रश, र सलाईको काटीको सहाराले घरको भित्तामा कोर्दथे । समय र परम्पराको विकासक्रमसँगै चित्र, उत्सवहरू र विशेष कार्यक्रमहरूको एक हिस्सा हुन थाले । आधुनिक समयसँगै भने बिस्तारै मिथिला चित्रकला परम्परागत सीमाहरू पार गर्दै कागज र क्यानभासमा बन्न थालेपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म चर्चित हुन थाल्यो।
मिथिला कलाको प्रतिनिधि रूप महाकाव्य रामायणबाट उत्पत्ति भएको मानिन्छ । जहाँ मिथिलाका राजा जनकले स्थानीय महिला कलाकारहरू भाडामा लिएर राम र सीताको बिहेमा बनाउन लगाएका थिए भनेर विश्वास गरिन्छ । ती कलाकारले सम्पूर्ण जनकपुर शहरलाई विवाहको लागि सजाउँदा मिथिला कलाको विचित्र नमुना प्रस्तुत गरेर सजाएको मानिन्छ ।
मिथिला क्षेत्रका धेरै महिलाहरू यस कलामा दक्ष छन् । पहिले मिथिला चित्र गोबर र माटोले लिपिएका भित्ताहरूमा मात्र बनाइन्थ्यो भने आजभोलि कपडा, कागज र क्यानभासमा धेरै बनाइन्छ ।
परम्परागत रूपमा, मिथिला कला यस्तो सीप हो जो एक पिँढीबाट अर्को पिँढीमा पुस्तान्तरण हुँदै आएको छ । मुख्यतया महिलाहरूमा । माटो र गोबरले ढाकिएका पर्खालहरूमा मिथिला चित्रका विभिन्न रूपहरू बनाइएको पाइन्छ । जसमा समाज, जीबनशैली, संस्कार र भोगाइलाई प्रतीकात्मक रूपमा सधैँ प्रस्तुत गर्दै आएको छ। जसले गर्दा मिथिला चित्रकला विशिष्ट छ ।
प्राविधिक रूपले मूल्यांकन गर्ने हो भने मिथिला चित्रकलालाई पाँच विशिष्ट शैलीहरूमा विभाजन गरेको पाइन्छ । भरणी, काछनी, तान्त्रिक, नेपाली र गोबर । १९६०को दशकसम्म, जब मिथिला चित्र व्यावसायीकरण भइसकेको थिएन, भर्नी, कच्छनी र तान्त्रिक शैलीमा मुख्यत नेपाल र भारतमा उच्च जातिका मानिने महिलाहरूले मात्र चित्र बनाउँथे ।
मिथिला चित्रहरूमा प्रायः पुरुषहरू चित्रित भएको पाइन्छ । यसको साथै प्रकृति ,पौराणिक महाकाव्यका दृश्य अथवा देवतालाई केन्द्रमा राखेर पनि चित्र निर्माण गरिएको पाइन्छ । सूर्य, चन्द्रमा, तुलसी, पिपल जस्ता धार्मिक बोटहरू तथा प्राकृतिक वस्तुहरू पनि व्यापक रूपमा चित्रित भएको पाइन्छ । साथै दरबारका दृश्यहरू र विवाह, मुण्डन जस्ता सामाजिक घटनाहरू पनि उतारेको पाइन्छ । सामान्यतया, चित्रमा कुनै ठाउँ खाली छाडिँदैन । खाली ठाउँहरूलाई फूल, जनावर, चरा वा ज्यामितीय डिजाइन चित्रले भरिन्छ । यो अभ्यास मिथिला क्षेत्रमा अझै जीवित राखिएको छ।
भित्ता, कागज र कपडामा प्राकृतिक स्रोतबाट बनाइएको प्राथमिक रङहरूबाट बनाइने मिथिला चित्रकलामा मुख्य रूपमा सामाजिक, पौराणिक र धार्मिक घटनाहरू वर्णन गरेको पाइन्छ । औँला, ब्रस, निब(पेन, सलाईको काटी इत्यादिमा प्राकृतिक रङ र रङद्रव्यहरू प्रयोग गरेर आँखालाई आकर्षित गर्ने ज्यामितीय ढाँचाहरू बाट चित्र बनाइएको पाइन्छ ।
मिथिला चित्रमा विष्णु, गणेश, राधा, कृष्ण, सीता, र राम जस्ता देवताहरूको छवि व्यापक रूपमा प्रयोग गरिएको हुन्छ । विशेष अवसरहरू जस्तै जन्म वा विवाह, उत्सवहरू जस्तै होली, छठ, काली पूजा, उपनयन, दुर्गा पूजामा बनाइने चित्रका आफ्नै विधिहरू हुन्छन् ।
मिथिला चित्रमा रङ
मिथिलाका महिला कलाकारहरूले आफ्नो कलामा विभिन्न स्थानीय रङहरू प्रयोग गर्छन् । सामान्यतया, चहकिलो र शानदार रङहरू प्रयोग गर्दछन् । जसले उनीहरूको कलालाई सुन्दर साथै आकर्षक बनाउँछ । चहकिलो रातो, पहेँलो र कालो रङहरू जस्ता प्राकृतिक रङ प्राय प्रयोग गरिन्छ । जस्तै अंगार वा मोसोबाट कालो, स्थानीय माटोबाट रातो र फूल वा बेसारबाट पहेँलो ।
कलामा स्वदेशी रङहरूको प्रयोग चित्रलाई आकर्षक र स्थायी बनाउन गरिन्छ । विभिन्न फूल, फल, बोक्राहरू र जराबाट रङहरू तयार गरेपछि बबुलको रूखबाट प्राकृतिक रूपमा तयार गरिएको गम टिकाउपनका लागि रङमा मिसाइन्छ । कालो सामान्यतया बत्तीको धुवाँबाट बनाइन्छ जो सजिलै गमको पानीमा घुलिन्छ । गोबर र गम ताजा पानीमा मिलाएर हल्का र बनाइन्छ । पीपल रूखको बोक्रा घाममा सुकाइन्छ र त्यसपछि गुलाबी रङ नभएसम्म पानीमा उमालिन्छ ।
रङहरू कलाकारहरूले आफ्नो कल्पनाशक्ति र दर्शनमा प्रयोग गर्छन् । कहिलेकाहीँ पानी रङ र चावलको पिठो (जसलाई स्थानीय भाषामा पिठार भनिन्छ) र सिन्दूर पनि प्रयोग गरिन्छ ।
कलाकार सीता देवी, सबैभन्दा प्रसिद्ध मिथिला कलाकारहरू हुन् । घरको भित्ताबाट परम्परागत कलालाई कागज र क्यानभासमा स्थानान्तरण गर्ने उनी पहिलोमध्येकी एक प्रमुख कलाकार मानिन्छिन् ।
आजभोलि मिथिला कलाका प्याटनहरू, ढाँचाहरू विभिन्न वस्तुहरू जस्तै झोला, गलैँचा, कुशन कभर, मगहरू, टिसर्ट र माउस प्याड इत्यादिमा प्रयोग भएको देख्न सकिन्छ । यसभन्दा धेरै घरको सजावट जस्तै टेबलको कपडा, नेप्किनको औँठी, बत्तीहरूको रूपमा पपुलर भइरहेको छ । अझ सबैभन्दा महत्त्वपूर्ण, पर्खाल सजाउनलाई मिथिला कला निकै चर्चित छ । मिथिला कला मूल रूपमा पनि पर्खाल घर, फर्स सजावटको लागि प्रयोग गरिँदै आइएको थियो ।
आज, जब कलाको रूपमा मिथिला चित्रकलाले जीविकोपार्जनका अवसरहरू सिर्जना गरिरहेको छ । यस्तोमा मिथिला चित्रमा कर्म गरिरहेका चित्रकारहरूले आफूलाई अझ धेरै बाहिर ल्याउन र यो कलाको वास्तविक सम्भावना प्रकट गर्न पहिलेभन्दा झनै आवश्यक भएको छ । मिथिला कला मूल रूपमा ग्रामीण महिलाहरूको आयस्रोत बनिरहेको हुँदा यसलाई अझै बजारीकरण गर्न जरुरी देखिन्छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ