काठमाडौं। आन्तरिक राजस्व विभाग (आइआरडी) र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) बीच मुलुकभर करदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ । कर प्रणालीलाई व्यवस्थित बनाउने उद्देश्यले साना तथा मझौला करदाताहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन हुनेछ ।
समझदारीपत्रमा महासंघकी अध्यक्ष भवानी राणा र विभागका महानिर्देशक विनोदबहादुर कुँवरले हस्ताक्षर गरेका छन् । कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरू परिपालना गर्न, कर सहभागितामा व्यवसायीको अभिवृद्धि गर्न तथा फाराम भर्दा हुने त्रुटिहरू न्यूनीकरण गर्न तालिम संचालन गरिने पनि महासंघले जनाएको छ ।
भदौदेखि फागुनसम्म सातै प्रदेश समेटिने गरी २० जिल्लामा २१ वटा तालीम सञ्चालन गरिएको बताउँदै २ वटा तालीम भने महिला उद्यमीहरूलाई मात्र लक्षित गरेर सञ्चालन गरिएको महासंघले जनाएको छ । महासंघका अनुसार “सन् २०१५ देखि जीआइजेडको राजस्व प्रशासनको प्राविधिक सहयोगमा निरन्तर रूपमा विभिन्न जिल्लामा आयकर, मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क सम्बन्धी तालीम सञ्चालन हुँदै आएकोे छ । हालसम्म ३९ जिल्लामा ४६ वटा तालिम कार्यक्रम सञ्चालन भएको छ ।”
अधिकांश साना व्यवसायीले एक्लै व्यवसाय गर्ने, लेखा राख्ने, कर तिर्ने, विवरण बुझाउने लगायतका काम आफै गर्ने हुँदा साना व्यवसायीलाई यस्ता कार्यक्रमले धेरै नै महत्व राख्ने छ । कार्यक्रम विशेष गरी बिल बिजक जारी गर्ने, खाता कसरी चुस्त, दुरुस्त राख्ने, कर गणना कसरी गर्ने, कर विवरणहरू कसरी भर्ने, अनलाइन विवरण बुझाउने तरिका जस्ता विषयमा केन्द्रित रही कर अनुपालना सम्बन्धमा केन्द्रीत रहेर दिइने बताइएकाे छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ