Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा पक्राउ

अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा पक्राउ

  • 1.5K
    SHARES

  • मोरङ । अपहरणको नाटक गरी आफ्नै बाबुसँग फिरौती लिएको अभियोगमा बुढLगंगा गाउँपालिक–३ बाँसबारी बस्ने २४ वर्षीय मुकेश कुमार महतोलाई सुनसरीको भण्टाबारीबाट सोमबार प्रहरीले पक्राउ गरेको छ । गत शुक्रबार घरबाट निस्केका मुकेश कुमारले आफ्नो मोबाइलबाट बाबुलाई फोन गरी आफू अपहरणमा परेको, अपहरणकारीले ३० लाख रूपैयाँ फिरौती मागेको र प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिएको जानकारी दिँदै गत शुक्रवार र शनिबार अपहरणकारीले आफूलाई लाहानमा आइतबार धनुषाको जनकपुरमा र सोमबार कोशी ब्यारेजको बोर्डर छेउमा राखेको बताएका थिए । सोमबार उनका बाबुले २१ लाख रुपैयाँ फिरौतीको रकम दिएका थिए । घटनाको अनुसन्धानको क्रममा प्रहरीले तत्काल उनकै मुन्सी काम गर्ने बुढिगंगा गाउँपालिका–३ बासबारी बस्ने २५ वर्षीय कृष्ण राजबंशीलाई फिरौतीको रकम सहित पक्राउ गरेको थियो । मुकेश कुमारले आफूले १ वर्ष अगाडि ५ लाख रूपैयाँ सापट लिँदा मिटर ब्याजका कारण परिवारले ९६ लाख तिर्नु परेको, अरू ५० लाखको समेत कागज गरेको र नतिरेमा ज्यान मार्ने धम्की दिएकोले घर परिवारबाट पैसा माग्न लाज लागेर आफूले अपहरणको नाटक गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।  

    • बुधवार, फाल्गुन २८ २०७६०९:४१:५७
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ