महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकामा सञ्चालित ‘नेरुडे लघुवित्त वित्तीय संस्था उपशाखा’ मा नक्कली ऋण देखाएर ठगी गर्ने दुईजना पक्राउ परेका छन् । नेरुड लघुवित्तको उपशाखामा नक्कली ऋण देखाएर १ करोड ६१ लाख ७६ हजार रुपैयाँ रकम हिनामिना गरेको आरोपमा दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–३ का २६ वर्षीय बद्रीनारायण तवदार र जहदा गाउँपालिका–३ बस्ने ३१ वर्षीय दीपककुमार कर्ण रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताएका छन् ।पक्राउ पर्ने तवदार र कर्ण संस्थाका कर्मचारी हुन् । ऋणिसँग सोझै सम्पर्क हुने तवदार र कर्ण नेरुडे लघुवित्त वित्तीय संस्थाका क्रमशः वरिष्ठ उत्प्रेरक र सहायक उत्प्रेरक हुन् । उनिहरुलाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हाे।
पक्राउ परेका दुवैजनाले नक्कली ऋणी बनाएर झुटा विवरण तयार पारी कर्जा लगानी देखाई सदस्यबाट मासिक साँवा किस्ता र ब्याज रकमसमेत असुली उठाई बैंकमा जम्मा नगरी एक करोड ६१ लाख ७६ हजार आठ सय ६० हिनामिना गरेको देखिएको हाे।
यति धेरै रकम हिनामिनामा दुईजनाको मात्र हात नरहेको आशंका गर्दै थप अनुसन्धान भइरहेको छ । वित्तीय संस्थाको केन्द्रिय कार्यालय विराटनगरका कामु सहायक महाप्रबन्धक ऋषिप्रसाद न्यौपानेले उजुरी दिएपछि साेही उजुरीका आधारमा दुवै जनामाथि बैंकिङ कसुर मुद्दामा कारबाही भइरहेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ