Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

सिद्धबाबाको कारागार दैनिकीः बिहान योगा सिकाउने, बेलुका खाना बनाउने

सिद्धबाबाको कारागार दैनिकीः बिहान योगा सिकाउने, बेलुका खाना बनाउने

  • 2.3K
    SHARES

  • इटहरी । आफ्नै महिला अनुयायीलाई आश्रममा बोलाएर बलात्कार गरेको अभियोगमा कारागार चलान भएका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीको अहिले दैनिकी फेरिएको छ । पहिले सुनसरीको चतरास्थित आश्रममा सयौँ भक्तजनहरू भेला गराई धार्मिक ज्ञान दिन व्यस्त देखिने सिद्धबाबा उर्फ कृष्णबहादुर गिरी अहिले प्रदेश एककै ठूलो कारागार सुनसरीको झुम्कास्थित कारागारको ब्लग ब् मा कैदीबन्दी माझ रहेका छन् । वरिपरि सुरक्षा गार्ड सहित भारतीय गाडी चढेर हिँड्ने र बाटोमा भेटिँदा पनि नमस्कार गरेका बाबालाई कारागारभित्र देख्दा कैदीबन्दी स्वयम् अचम्ममा परेका छन् । महिला अनुयायी बलात्कार काण्ड अन्तरगत गिरीलाई गत पुस १४ गते जिल्ला अदालत सुनसरीले ३ लाख रूपैयाँ धरौटी बुझाएर छाड्न आदेश जारी गरे पनि पीडित पक्षले मुद्धा कमजोर बनाइएको भन्दै पुनरावेदन सहित उच्च अदालत विराटनगरमा मुद्धा दर्ता गराएका थिए । लगत्तै उच्च अदालत विराटनगरले तत्काल पक्राउ गरी पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेकै दिन गिरी भारत फरार भएका थीए । पीडित पक्षले बारम्बार दबाब दिएपछि प्रहरी प्रसाशनले खोजी अभियानलाई तीव्र बनाइरहेकै बेला गिरी आफँै अदालत उपस्थित भएर आत्मसमर्पण गरेपछि हाल सुनसरीको झुम्का कारगारको ब्लग एमा रहेका छन् । कारागार श्रोतका अनुसार अहिले गिरीले बिहान बिहान त्यहाँका कैदीबन्दीहरूलाई योगा शिक्षा दिने गरेका छन् भने बेलुका आफैँ खाना बनाएर खाने गरेका छन् । नियमित रूपमा योगा अघि बढाउन र कैदीहरूलाई पनि योगा सिकाउनका लागि व्यवस्था मिलाइदिन उनले कारगार प्रसाशन समक्ष अनुरोध गरिरहेको प्रसाशन श्रोतबाट बुझिएको छ । कृष्णदास गिरी अहिले झुम्का कारागारको ब्लक एमा छन् । उनले गत शनिबारदेखि ए ब्लकका कैदीबन्दीलाई योगा सिकाउने कार्यक्रम राखेका छन् । उनी अहिले ११ नम्बर कोठामा छन् । उनले आफैँ खाना पकाउने गरेका छन् । कारागार प्रशासन समक्ष उनले इन्ड्रक्सन चुल्हो माग गरेका थिए ।

    • शनिवार, चैत्र १ २०७६०५:४९:१९
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ