कान्तिपुर टिभीबाट प्रसारण भैरहेको नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले जितेका छन् ।
फाइनलमा अन्य दुईजना प्रतिस्पर्धीलाई पछि पार्दै शनिबार भएको उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन् ।
विभिन्न चरण हुँदै सुमन कोइराला, खडकबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए । यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानेका थिए भने मगर र कोइराला भोटबाट छानिएका थिए । फानलिष्ट सुमन र खडकबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।
विजेताले २५ लाख नगद र डाट्सनको रेडी गो कार उपहार पाउने आयोजकले घोषणा गरेको छ । लाइभ प्रशारण भएको फाइनलका लागि आयोजकले तीन हजार दरका टिकट बेचेको थियो ।
कमेडी च्याम्पियनको अडिसनबाट ८४ जना छानिएका थिए । ‘कमेडी च्याम्पियन’मा सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निर्णायक थिए। कार्यक्रमको होस्ट भने रिमा विश्वकर्माले गरेकी थिइन्।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ