Logo

बिहिवार, आश्विन २२ गते २०८३

अ

सन् २०११ मा निर्मित फिल्मले समेटेको थियो कोरोना भाइरसको कहानी, ९ वर्षपछि चर्चाको शिखरमा

सन् २०११ मा निर्मित फिल्मले समेटेको थियो कोरोना भाइरसको कहानी, ९ वर्षपछि चर्चाको शिखरमा

  • 2.2K
    SHARES

  • काठमाडौँ - अक्सर सुनिन्छ कि हामीले हेर्ने फिल्म पहिले नै घटेका घटनामा आधारित भई निर्माण हुँदै आएको छ । तर, कहिले यस्तो सुनेका छैनौँ कि अहिले भएको घटनामा आधारित भई फिल्म भाइरल बनेको छ । तर, पछिल्लो केही दिनयता सन् २०११ मा स्टिवन सोडरबर्गले निर्देशन गरेको फिल्म 'कन्टेजियन' सामाजिक सञ्चालमा भाइरल बनेको छ । यस फिल्ममा एक खतरनाक भाइरस फैलिएको कहानी देखाएको छ । जो अहिले चीनको वुहान सहरबाट विश्वभर फैलिएको कोरोना भाइरससँग मिल्दोजुल्दो रहेको छ । सुरुमा यस फिल्मलाई सन् २००३ मा फैलिएको 'सार्स' र सन् २००९ मा फैलिएको 'स्वाइन फ्लू'सँग तुलना गरिएको थियो । त्यस समयमा यी भाइरसहरु विश्वका केही देशमा मात्रै फैलिएको थियो । तर, फिल्ममा ठूलो संकट परेको देखाइएको थियो । फिल्ममा ग्वेनिथ पल्ट्रो, मारिअन कोटिलार्ड, ब्रेयान क्रेन्सटन, म्याट डेमन, लरेन्स फिसवर्न, जुड ला, केट विन्सलेट तथा जेनिफरले काम गरेका थिए । फिल्मले समेटेको विषय वस्तु जस्तै अहिले डब्ल्यूएचओका प्रमुख टेड्रोस एडनोम गेब्रियेसिसले कोरोना भाइरस खराब स्वास्थ्य सुविधा भएको देशमा नफैलियोस् भनेका छन् । दुनियाँभर भाइरसबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ३५ भन्दा बढी पुगेको छ । एक सय ५१ देशमा फैलिएको यस भाइरसबाट करिब एक लाख ५७ हजार मानिस संक्रमित भएका छन् । एजेन्सी https://twitter.com/elleolita/status/1223214646678753280?s=20  

    • आइतवार, चैत्र २ २०७६०२:५२:३२
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ