एजेन्सी– विश्वभर फैलिरहेको कोरोना भाइरसको त्रासका कारण बलिउड अभिनेता अक्षय कुमार स्टारर फिल्म ‘सूर्यवंशी’ प्रदर्शन मिति पछि सारिएको छ । फिल्मको प्रदर्शन मिति सारिएको अक्षयले आफ्नो सामाजिक संजाल ट्विटर मार्फत जानकारी गराएका हुन् ।
उनले लेखेका छन्, ‘हामीले वर्षभर मिहेनत गरेर तपाईंहरूको लागि सूर्यवंशी बनाएका थियौँ । ट्रेलरलाई दर्शकले जुन प्रकारले माया दिनुभएको छ । यसबाट थाहा हुन्छ कि दर्शकलाई फिल्मले प्रभावित गरेको छ । हामी दर्शकलाई फिल्म पेश गर्न निकै उत्सहित थियौँ । तर कोरोना भाइरसको असरलाई मध्यनजर गर्दै हामीले फिल्मको रिलिज डेट पछाडि सार्ने निर्णय गरेका छौँ । सही समय आएपछि सूर्यवंशी रिलिज हुनेछ ।’ फिल्मको २४ मार्चमा प्रदर्शनीमा आउने तय गरिएको थियो ।
रोहित शेट्टीले निर्देशन गरेको फिल्ममा अक्षयसँगै कटरिना कैफको मुख्य भूमिका छ । फिल्ममा अजय देवगन र रणवीर सिंह पनि विशेष भूमिकामा देखिएका छन् ।
त्यस्तै, भारतका विभिन्न फिल्म हलहरू बन्द गर्ने निर्णय पनि गरिसकेका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ