एजेन्सी । पोर्चुगल तथा इटालियन क्लब युभेन्टसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले आफ्नो होटेललाई अस्पतालमा परिणत गर्ने भएका छन् ।
इटालीमा कोरोनाको प्रभाव बढ्न थालेपछि उनले आफ्नो ‘पेस्टाना सीआर ७’ होटेललाई अस्पतालको रूपमा परिवर्तन गर्न लागेका हुन् ।
रोनाल्डोको होटेललाई केही दिनमा नै अस्पतालमा रूपान्तरण गरिने बताइएको छ भने अस्पतालमा भर्ना हुने सम्पूर्ण बिरामीको उपाचार समेत निःशुल्क गरिने बताइएको छ ।
अस्पतालमा कार्यरत डाक्टरलाई पारिश्रमिक समेत रोनाल्डो आफैँले दिने भएका छन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ