विश्वभरि अहिले केही महिनाअघि चीनको बुहान प्रान्तबाट माहामारीको रूपमा फैलिएको कोरोना भाइरससँग कसरी लड्ने भनेर रणनीति बनाउन सार्क राष्ट्रका प्रमुखबीच भिडियो कन्फरेन्स भएको छ । आइतबार सार्क राष्ट्रप्रमुखबीचको कन्फरेन्स सुरू गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीले कोरोनाले सार्क राष्ट्रमा कस्तो अवस्था लिन्छ भन्ने कुरा थाहा नभएको बताए ।
यस्तो अवस्थामा सबै मिलेर काम गर्नुपर्छ भन्ने उनको धारणा रहेको थियो । भारतले विभिन्न देशबाट आफ्ना १४ सय नागरिकलाई उद्दार गरेको बताउँदै त्यसमा केही छिमेकी मुलुकका पनि नागरिक रहेको बताए।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ