काठमाडौँ । कोरोना भाइरसको त्रासका कारण चलचित्रहरुको प्रदर्शन मिति रोकिए पनि केही चलचित्रहरुको छायांकन भने भइरहेको छ ।
यसैबीच अहिले छायांकन भइरहेको चलचित्र ‘परदेशी २’ मा अभिनयमा निपूर्ण मानिने अभिनेता दिलिप रायमाझी पनि सामेल भएका छन् । चलचित्रमा दिलिप भित्रिएको जानकारी गायकबाट अभिनेता बन्न लागेका प्रकाश सपुतले सामाजिक सन्जाल फेसबुकमार्फत गराएका हुन् । उनले आफ्नो सपना विपनामा परिणत भएको भन्दै आफ्नो आइडल हिरो दिलिप रायमाझी सँगै काम गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् ।
नारायण रायमाझीको निर्देशन रहेको फिल्म ‘परदेशी २’ मा प्रकाश सपुतसँगै नायिकाद्वय केकी अधिकारी र वर्षा सिवाकोटीको पनि मुख्य भूमिका रहने छ । दिलिप भने विशेष भूमिकामा रहनेछन् । रमेश विजीको लेखन रहेको यो चलचित्र यतिबेला पोखरा आसपासमा छायांकन भइरहेको छ ।
चलचित्र विदेश पढ्न गएका विद्यार्थीको दुःख र संघर्षमा आधारित रहने निर्माण पक्षले जनाएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ