एजेन्सी । सन् २०१२ मा भारतको दिल्लीको सार्वजनिक बसभित्र निर्भयाको बलात्कार गर्ने मुकेशकुमार सिंह, पवन गुप्ता, विनय शर्मा र अक्षयकुमार सिंहलाई दिल्ली अदालतले फाँसीको सजाय दिएको निकै भइसकेको छ । तर, उनीहरू विभिन्न बाहानामा आफूहरूलाई बचाउँदै आएका छन् । त्यसको लागि उनीहरूले फेरि नयाँ प्रपञ्च रचेका छन् ।
उनीहरूले यसपटक भने आफूहरूलाई ‘गैरकानुनी फाँसी’ को सजाय दिन लागेको भन्दै हेगस्थित अन्तर्राष्ट्रिय अदालत गुहारेका छन् । ‘त्रुटिपूर्ण’ कानुनी प्रक्रियाबाट आफूहरूलाई दोषी ठहर गरेको भन्दै तीन दोषीले फाँसीबाट उन्मुक्ति पाउनु पर्ने माग गरेर अदालतमा निवेदन दिएको एजेन्सीहरूले उल्लेख गरेका छन् ।
उनीहरूलाई यस अपराधका लागि अगामी शुक्रबार बिहान साढे पाँच बजे फाँसीको आदेश दिएको थियो । तर, उनीहरूले आ–आफ्ना वकिलमार्फत दर्ता गरेको रिटमा सुनुवाईका क्रममा पोलीग्राफ टेस्ट, लाइ–डिटेक्टर, ब्रेन म्यापिङ जस्ता प्रक्रिया नअपनाएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय अदालत गुहारेका हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ