काठमाडौँ । नेपालको पहिलो कमेडी रियालिटी शो कमेडी च्याम्पियनका फाइनलिस्ट रोल्पाका खड्ग बहादुर पुन मगर पनि हुन् ।
मंगलबार (आज) दिउँसो काठमाडौँको नयाँ बसपार्कस्थित सालैजो दोहोरी साँझमा भएको धन्यवाद ज्ञापन कार्यक्रम तथा पत्रकार सम्मेलनमा खबपुले देश तथा विदेशबाट भोट गरेर फाइनलिस्ट बन्न तथा अगाडि बढ्न प्रेरित गर्ने सबैलाई धन्यवाद दिए । उनले कमेडी च्याम्पियनका सबै टिमलाई धन्यवाद दिए । केकी अधिकारी, विशाल भण्डारी लगायतका सबै टिमलाई उनले धन्यवाद भनेका छन् । उनले कमेडी च्याम्पियनका मेन्टरहरू विनायक कुइँकेल लगायतलाई पनि धन्यवाद दिए । उनले कलाकारलाई जातिय, धार्मिक, क्षेत्रीय र वर्गीय नजरले नहेर्न समेत आग्रह गरे । उनले कमेडी च्याम्पियनले राम्रो प्लेटफर्म दिएको भन्दै कमेडी च्याम्पियनका सबैलाई बधाई दिए ।
प्रतिस्पर्धाको नियमलाइ हामीले मान्नु पर्छः खबपु
च्याम्पियनलाई हामी सम्मान गर्छौं भन्दै सबैलाई सम्मान व्यक्त गर्दै उनले सबैलाई धन्यवाद दिए । उनले च्याम्पियनको ताज नबोके पनि च्याम्पियनको ताज बोकेजस्तै महसुस गराइदिनुहुने सबैलाई धन्यवाद दिँदै अझै जिम्मेवारी थपिदिनु भएकोमा धन्यवाद व्यक्त गरे ।
खबपु जिताउ अभियानका अभियान्ता किरण बाबु मगर जो गायक पनि हुन् । उनले जो विजयी भए पनि नेपाली नै भएको हो भन्दै, खबपु र सुमन कोइरालालाई आगामी दिनको लागि बधाई दिएका छन् । उनले हिमेश पन्तलाई पनि धेरै बधाई दिएका छन् ।
खबपु जिताउ अभियानका संयोजक जीवन धर्ती मगरले कला र गला मान्छेको चिनारी भएको भन्दै खेल चुनाव जस्तै भएको बताए । ‘हार र जीत भइहाल्छ, खबपुलाई यहाँसम्म ल्याउने सबैलाई धन्यवाद,’ उनले भने ।
अभियानका अर्का अभियन्ता सरोज रोका मगरले हिमेश पन्तलाई बधाई दिँदै प्रतिस्पर्धामा पारदर्शिता नभएको गुनासो गरेका छन् । कमेडी च्याम्पियनका टिमले पहिले भोटको डाटा देखाउँछु भनेको र फिनालेमा नदेखिएको भन्दै उनले यसो भनेका हुन । उनले रियालिटी शो एउटा व्यापार हो तर व्यापार भए पनि पारदर्शिता र विश्वसनियता हुनुपर्ने बताए । उनले कमेडी च्याम्पियनको फिनालेको दिन भोटिङको समय बढाएको हल्ला दिउँसो भएकाले पनि यसको फिनाले शंकास्पद भएको बताए उनले खबपुलाई नआत्तिन र आगामी दिनको लागि शुभकामना दिए ।
कार्यक्रममा खबपु जिताउ अभियानका थुप्रै अभियन्ताहरूको सहभागीता थियो । कार्यक्रममा देश तथा विदेशबाट सहयोग गर्ने सहयोगी मनहलाइ समेत धन्यवाद ज्ञापन गरिएको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ