लुकाएर राखेको साढे ८ लाख प्रति मास्कसहित २ जना पक्राउ
लुकाएर राखेको साढे ८ लाख प्रति मास्कसहित २ जना पक्राउ
1.2K
SHARES
काठमाडौँ - महानगरीय प्रहरी परिसर टेकु र महानगरीय प्रहरी वृत्त थानकोटको संयुक्त टोलीले काठमाडौँको चन्द्रागिरी नगरपालिका-१० विष्णुदेवीस्थित एक घरमा गोदाम गरी राखेको एक सय ७७ बोरा मास्कसहित दुई जनालाई पक्राउ गरेको छ । डिजी इन्टरनेसनल कम्पनीले कालो बजारी गर्नका लागि उक्त मास्क राखिको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा कम्पनीका संचालक काठमाडौँ महानगरपालिका-२३ बस्ने वर्ष ३४ का सुरज गोयल र भारत राजस्थान घर बताउने वर्ष ३७ को सुवास महेश्वरी रहेका छन् । जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि प्रशासकीय अधिकृत खड्ग बहादुर श्रेष्ठ, चन्द्रागिरी नगरपालिकाका मेयर घनश्याम गिरी तथा चन्द्रागिरी नगरपालिकाका वडाध्यक्ष गोपालकृष्ण महर्जन तथा स्थानीयबासीहरूको रोहवरमा उक्त परिमाणको मास्क गोदामबाट बरामद गरिएको हो ।
बरामद मास्क कुल ८ लाख ४९ हजार ६ सय वटा रहेको छ । बरामद मास्कसहित पक्राउ परेका व्यक्तिहरूलाई कालाबजारी तथा सामाजिक हितविरूद्धको अपराध २०३२ अन्तर्गत अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ