काठमाडौँ - एक किशोरीलाई सामूहिक बलात्कार गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौंबाट धादिङ हिँडेकी १६ वर्षीय किशोरीलाई पुर्याइदिने भनेर उनीहरुले बलात्कार गरेका थिए ।
मंगलबार बिहान दुई बजे महानगरीय प्रहरी प्रभाग नैकापबाट खटिएको प्रहरी टोलीले किशोरीलाई नैकापमा फेला पारेको थियो । प्रहरीले दाङ राप्तीका २४ वर्षीय संजय घर्ती मगर, सिन्धुलीका १९ वर्षीय पासाङ तामाङ र रामेछापका १९ वर्षीय कपिल खड्कालाई पक्राउ गरेको छ ।
किशोरीलाई सडक किनार पार्किङ गरी राखेको ना ३ ख ६९४ नम्बरको ट्रकमा जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पक्राउ परेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को करणीसम्बन्धी कसुरमा अनुसन्धान तथा कारवाही भइरहेको
प्रभागले जनाएको छ ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ