काठमाडौँ - जुम्लाको सिञ्जा गाउँपालिका अध्यक्ष देवलसिंह रावलमाथि सोही गाउँपालिका–२ का ६० वर्षीय देवीकृष्ण शर्माले कुटपिट गरेका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र चन्दका अनुसार आफ्नै कार्यकक्षमा फोन गरिरहेको अवस्थामा अध्यक्ष रावलमाथि शर्माले लठ्ठी प्रहार गरी कुटपिट गरेका हुन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सामान्य उपचारपछि अध्यक्ष रावल घर फर्किएका छन् । “कार्यकक्षमा फोनमा कुराकानी गरिरहेको थिए । एक्कासी शर्मा प्रवेश गरेर लठ्ठीले प्रहार गरे । अहिले सामान्य उपचारपछि घर फर्किसकेँ,” उनले भने । प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडेले शर्मालाई पक्राउ गरिएको जानकारी दिए । शर्माले संरक्षण गरिरहेको गिट्टी बालुवा अध्यक्षसहितको समूहले लिइरहेको सुनेपछि सामान्य कुराकानी मात्र भएको बताए । उनले “मैले अध्यक्षमाथि लठ्ठी प्रहार गरेकै छैन ।”
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ