काठमाडौँ - भारतमा निर्भया काण्डमा मुछिएका ४ जनालाई शुक्रबार बिहान साढे ५ बजे फाँसी दिइएको छ । उनीहरुले सन् २०१२ डिसेम्बर १६ का दिन निर्भयालाई बलात्कार गरी रडले हानेर हत्या गरेका थिए ।
निर्भया सामूहिक बलात्कार तथा हत्या काण्डमा दोषी ठहर भएका अक्षय कुमार, मुकेश सिंह, पवन गुप्ता र विनय शर्मालाई फाँसी दिइएको हो । उनीहरुलाई सन् २०१६ मा नै फाँसी दिन भनिएको थियो । तर, उनीहरुले विभिन्न निकाय तथा राष्ट्रपतिसमक्ष आम माफी मागेको हुनाले फाँसी दिन लम्बिएको हो ।
घटनामा संलग्न भनिएका अर्का एक दोषी राम सिंहले सन् २०१५ मा मृत्यु भइसकेको छ । उनी बसको ड्राइभर हुन् । यसैगरी घटनाका अर्का एक आरोपी नाबालक भएकाले ३ वर्ष सुधारगृह बसेर छुटिसकेका छन् ।
उनीहरुलाई फाँसी दिनुभन्दा पहिले जेलले बिहीबार रातिदेखि नै तयारी गरेको थियो । सुरुमा उनीहरुलाई नुहाउन लगाएर नयाँ कपडा लगाउन दिइएको थियो । यससँगै सबै दोषीलाई खाना खान लगाइएको थियो । फाँसी दिनुभन्दा एक घण्टापहिले उनीहरुलाई जेलका सुपरिटेण्डेन्ट, डिउटी सुपरिटेण्डेन्ट, डिएम र मेडिकल अफिसरले भेटेका थिए ।
जेलका सुपरिटेण्डेन्टले सबै दोषीलाई फाँसी दिन तयार बनाएको ठाउँमा लिएर गएका थिए । त्यसको केही समयपछि सुपरिटेण्डेन्टले जल्लादलाई फाँसीमा दिन भनेपछि फाँसी दिइएको थियो । उनीहरुलाई फाँसी नदिँदासम्म जेलका सबै कैदीबन्दीलाई बाहिर निस्कन दिइएको थिएन । एजेन्सी
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ