Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

नक्कली लाइसेन्ससहित दुई जना पक्राउ

  • 1.1K
    SHARES

  • काठमाडौँ - प्रहरीले नक्कली सवारी अनुमतिपत्र (लाइसेन्स) बोकेर सवारी चलाउने तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले नागढुंगामा गरेको जाँचका क्रममा नक्कली लाइसेन्स बोकेर सवारी चलाउने मकवानपुरका २२ वर्षीय मनिष स्याङताङ, काठमाडौँ टोखाका २२ वर्षीय अविनाश खड्का र काभ्रेपलाञ्चोकका २२ वर्षीय सुजन गौतमलाई शुक्रबार पक्राउ गरेको हो । वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले पक्राउ परेका तीनै जनाले ट्रायल पास नभई लाइसेन्स लिएको भेटिएकाले पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिलाई समेत नक्कली लाइसेन्स बनाउने गरेको अनुसन्धानमा खुलेको छ । पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गतको लिखतसम्बन्धी कसूरअन्तर्गत अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

    • शुक्रवार, चैत्र ७ २०७६०८:२१:०६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ