काठमाडौं - कोरोना सन्त्रास बढिरहेको बेला सरकारले विभिन्न सामाजिक सञ्जालहरूमा यसबारे गलत सूचना दिनेमाथि निगरानी राख्न थालेको छ । अहिले कोरोना संक्रमणबारेका विभिन्न भ्रामक सन्देशहरूलाई भाइरल बनाउने व्यक्तिहरूलाई प्रहरीले खोज्न थालेको हो ।
प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी शैलेश थापा क्षेत्रीले केही फेसबुक पेज र फेसबुक ग्रुपमा समेत भ्रम फैलाउने सूचना सम्प्रेषणका सम्बन्धमा अनुसन्धान भइरहेको बताएका हुन् । भ्रामक सूचना सम्प्रेषण गर्दै काठमाडौंको नर्भिक, टेकु अस्पताललगायत अन्य अस्पतालमा समेत कोरोनाको बिरामी उपचार भइरहेको र मृत्यु नै भएको अफवाह फैलाइएको थियो । तर अस्पताल प्रशासनले भने आफ्नो अस्पतालमा कुनै पनि कारोना संक्रमणका बिरामीको उपचार नभएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
‘यस किसिमका भ्रामक जानकारी र अफवाह फैलाउने कार्यप्रति नेपाल प्रहरीको गम्भीर ध्यानाकर्षण भएको छ, ‘क्षेत्रीले भने, ‘भ्रम फैलाएर जनतामा त्रास फैलाउने व्यक्ति वा समूहको पहिचानका लागि अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।’
यसै क्रममा कोरोना संक्रमणबारे अफवाह फैलाउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । रामेछाप घर भई हाल भक्तपुर सिपाडोल बस्ने २० वर्षीय विवेक थापामगरलाई भ्रमपूर्ण सूचना सामाजिक सञ्जालमा फैलाएको भन्दै प्रहरीको साइबर क्राइम ब्यूरोले पक्राउ गरेको हो ।
मुलुकी अपराधसंहिता अनुसार यसप्रकारका झुट्ठा अफबाह फैलाए एक वर्षसम्म कैद वा दश हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । सामाजिक सञ्जालमार्फत गरिने यसप्रकारका अपराधमा साइबर क्राइम समेत लाग्नेछ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ