Logo

शुक्रवार, आश्विन २३ गते २०८३

अ

लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकार पक्राउ

लुटपाटमा संलग्न ३ प्रहरी र एक पत्रकार पक्राउ

  • 1.8K
    SHARES

  • हेटौँडा । मकवानपुर प्रहरीले हिरा लुटपाटमा संलग्न ३ जना प्रहरी र एक जना पत्रकारलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका भैसेपाटी बस्ने १९ वर्षीय सुजन आचार्य, सुर्खेत वीरेन्द्रनगर १२ बस्ने २६ वर्षीय सुरेन्द्र बसेल, जाजरकोट शिवालय(२ बस्ने २७ वर्षीय बीरबहादुर बस्नेत र दाङ सिजुवा गाउँपालिका–१ बस्ने २८ वर्षीय हिमकान्त पुन मगर रहेका छन् । पक्राउ परेका आचार्य पत्रकार हुन् भने अन्य प्रहरी हुन् । मकवानपुर कैलाश गाउँपालिका वडा नम्बर ५ चौकिटार गोगनेकी धनलक्ष्मी गुरूङको घरमा हिरा खरिद गर्ने बहानामा पुगेका उनीहरूले आइतबार साँझ हिरा लुटपाट गरेका थिए । लुटपाट लुटिएको खबरपछि खटिएको इलाका प्रहरी कार्यालय पालुङको टोलिले उनीहरूलाई पक्राउ गरेका पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रहरीले उनीहरूको साथबाट हिरा एक थान, लोड अवस्थामा रहेको पेस्तोल एक थान, सञ्चारसेट ४ थान, क्यामरा १ थान, मेटल डिटेक्टर १ थान, मोबाइल ६ थान, ल्यापटप १ थान बरामद गरेको छ । प्रहरीले लुटपाटमा प्रयोग गरेको प्रदेश–३–०१–०१–००२२ च ३३६२ नम्बरको कार समेत नियन्त्रणमा लिएको छ ।पक्राउ परेका उनीहरू चोरी तथा डाकामुद्धा अन्तरगत अनुसन्धान अघि बढाउने मकवानपुरका प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए ।

    • सोमवार, चैत्र १० २०७६०५:०७:५०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ