Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

आचारसंहिता अनुगमन थप प्रभावकारीः अफवाह फैलाउने सञ्चार माध्यम बन्द हुन सक्ने

आचारसंहिता अनुगमन थप प्रभावकारीः अफवाह फैलाउने सञ्चार माध्यम बन्द हुन सक्ने

  • 1.1K
    SHARES

  • काठमाडौँ । प्रेस काउन्सिलले आमसञ्चार माध्यमको अनुगमनलाई तीव्र बनाएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरेको हो । काउन्सिलले अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने र सचेत गराउने काम गरिसकेको छ । १६ वटा आमसञ्चार माध्यमको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम गरिसकेको छ । २०७६ चैत ११ गते थप १ वटासँग स्पष्टिकरण मागिसकेको छ । त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको छ । काउन्सिलले यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह गरेको छ । पत्रकार र सञ्चार माध्यमले पालना गर्नुपर्ने दायित्व पनि निर्धारण गरेको छः (१) सत्य–तथ्य र आधिकारिक स्रोतबाट पुष्टि भएका सूचना सम्प्रेषणः (१) पत्रकार तथा सञ्चार माध्यमले कोरोना संक्रमण सम्बन्धी सत्य–तथ्य र आधिकारिक स्रोत वा विषय विज्ञबाट पुष्टि भएका समाचार सामग्री मात्र सम्प्रेषण गर्नुपर्दछ । (२) पत्रकार तथा सञ्चार माध्यमले सामाजिक सञ्जाल मार्फत् प्रवाह गर्ने कोरोना संक्रमण सम्बन्धी समाचार, लेख, सूचना वा जानकारीहरू मर्यादित, सत्य तथ्यपूर्ण र आधिकारिक हुनुपर्दछ । (३) सामाजिक सञ्जालका अन्य प्रयोगकर्ताहरूले प्रवाह गरेका कोरोना संक्रमण सम्बन्धी समाचार, जानकारी वा लेखरकमेन्टहरूलाई शेयर, लाइक वा रिट्विट गरी पुनः प्रकाशन गर्दा पत्रकार तथा सञ्चार माध्यमले आफूले प्रकाशन गरे सरह आधिकारिकता समेतको ख्याल गरी सम्प्रेषण गर्नुपर्दछ । (२) व्यक्तिगत गोपनीयतामामा ध्यान दिनुपर्नेः पत्रकार तथा सञ्चार माध्यमले आशंकित वा संक्रमितको आशंका गरिएका वा संक्रमितको व्यक्तिगत गोपनीयतामा ध्यान दिनुपर्दछ । कोरोना भाइरसको शंका भएकाको परिचय गोप्य राख्नु पर्दछ । साथै संक्रमित व्यक्तिलाई नकारात्मक असर पार्न सक्ने सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । संक्रमित व्यक्तिको सचेत स्वीकृति र सम्वन्धित आधिकारिक स्रोतको अनुमति विना परिचय सार्वजनिक गर्नुहुँदैन । (३) लाञ्छना वा आरोप लगाउन नहुनेः पत्रकार तथा सञ्चार माध्यमले कोरोना संक्रमण सम्बन्धी समाचार सामग्री प्रवाह गर्दा कोरोना भाइरसलाई कुनै देश, क्षेत्र वा समुदायसँग जोड्ने वा तिनका कारण फैलिएको भनेर आरोपित गर्नु हुँदैन । यसैगरी कुनै पनि संक्रमित व्यक्तिलाई लाञ्छना वा व्यक्तिगत आरोप लगाउने गरी समाचार सम्प्रेषण हुनु हुँदैन । जातीय, लैंगिक, धार्मिक, क्षेत्रीय, भाषिक, राजनीतिक आस्था, वर्ण वा शारीरिक, मानसिक अवस्था जस्ता कुनै पनि आधारमा कसैमाथि भेदभाव हुने वा घृणा उत्पन्न गर्ने गरी समाचार सामग्री उत्पादन, प्रकाशन, प्रसारण र वितरण गर्नुहुँदैन । (४) डर, त्रास र सनसनी फैलने गलत, अतिरञ्जनापूर्ण र अनाधिकृत सूचना वा हल्लाहरुलाई स्थान दिन नहुनेः पत्रकार तथा सञ्चार माध्यमले कोरोना संक्रमण सम्बन्धी समाचार सामग्री प्रवाह गर्दा नेपाल सरकारको आधिकारिक निकायबाट पुष्टि नभएका अनाधिकृत, गलत र अतिरञ्जनापूर्ण सूचना तथा हल्लाहरुलाई स्थान दिनु हुँदैन । पाठक, स्रोता र दर्शकमा निराशा वा उत्तेजना हुन नदिन सदैव विशेष संवेदनशीलता र सतर्कता अपनाउनु पर्दछ । (५) घटनासँग असम्बन्धित व्यक्तिको नाम उल्लेख गर्न नहुनेः (१) पत्रकार तथा सञ्चार माध्यमले संक्रमित व्यक्तिका नातेदार वा नजिकका व्यक्तिको नाम, ठेगाना र पहिचान खुल्नेगरी समाचार, तस्बिर र दृश्य उत्पादन, वितरण वा प्रकाशन–प्रसारण गर्नु हुँदैन । (६) दृश्य र तस्बिर प्रकाशन वा प्रसारण गर्न नहुनेः पत्रकार तथा सञ्चार माध्यमले संक्रमण भई निधन भएका व्यक्तिका दृश्य एवं तस्बिरहरू सम्प्रेषण गर्नुहुँदैन । (७) गल्ती सच्याउन तत्परताः पत्रकार तथा सञ्चार माध्यमले प्रवाह गरेका कोरोना संक्रमण सम्वन्धी समाचार सामग्रीमा कुनै पनि त्रुटि एवं गल्ती भेटिएमा यथाशीघ्र सच्याई त्यसबारे सोही सञ्चार माध्यमबाट सार्वजनिक जानकारी गराउनुपर्दछ । साथै प्रेस काउन्सिलले गल्ती सच्चाउन दिएको निर्देशनको तत्काल पालना गर्नु पर्दछ । (९) प्रेस काउन्सिलले अनुगमन तथा कारवाही गर्नेः पत्रकार तथा सञ्चार माध्यमले यो निर्देशिकाको पालना गरे नगरेको प्रेस काउन्सिल नेपालले अनुगमन गरी प्रेस काउन्सिल ऐन २०४८ र पत्रकार आचारसंहिता, २०७३ (संशोधित–२०७६) अनुसार आवश्यक कारवाही गर्न सक्ने छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले आफैँ पनि दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर काम गर्न थालिसकेको छ । काउन्सिलका बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाएको छ ।

    • बुधवार, चैत्र १२ २०७६०६:३१:५८
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ