काठमाडौँ । चीनको वुहान प्रान्तमा गत डिसेम्बर महिनाको अन्तिम दिनमा पहिलो पटक पहिचान भएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणले सबैभन्दा बढी सताउन थालेको अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी पुगेको छ ।
अमेरिकाको जोन हप्किन्स युनिभर्सिटीका अनुसार यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख २३ हजार २८ मानिसमा कोरोनाको संक्रमण भेटिएको छ । अमेरिकामा ६ लाख ५० हजार मानिसमा परीक्षण गरिएको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् । यो संक्रमण कोरोनाको उद्गमस्थल चीनको भन्दा ४१ हजार ९ सय ८९ ले बढी हो ।
चीनमा फेरि नयाँ ४५ जना संक्रमित
दुई दिनअघि शून्यमा झरेको चीनको नयाँ संक्रमितको तथ्यांकमा हिजो ३ जना र आज ४५ जनामा देखिनुले चीनले पूर्णतः नियन्त्रणमा ल्याइसक्यो भन्ने कुरामा प्रश्न चिह्न खडा गरिदिएको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमित इटलीका देखिएका छन् । इटलीमा ९२ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण फैलिसकेको तथ्यांक छ । त्यसै गरी स्पेनमा ७३ हजार २ सय २३, जर्मनीमा ५७ हजार ६ सय ९५, फ्रान्समा ३७ हजार ५सय ७५ र इरानमा ३५ हजार ४ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।
३० हजार ८ सय ५० को मृत्यु
गएको २४ घण्टामा मात्रै ३ हजार ५ सय ६ जनाले ज्यान गुमाएका हुन्– दैनिक आँकडा हेर्ने हो भने यो अहिलेसम्मकै उच्च संख्या हो । हिजो सार्वजनिक भएको तथ्यांकमा आज मर्नेको संख्या ३ सय २९ ले बढी हो । नयाँ संक्रमणले अमेरिकालाई थप त्रसित बनाएको छ भने इटलीमा अझै पनि ठूलो संख्यामा मानवीय क्षति भइरहेको छ । गएको २४ घण्टामा इटलीमा मात्रै ८ सय ८९ जनाको ज्यान गएको छ ।
योसँगै विश्वभरि कोरोना भाइरस संक्रमितको संख्या ६ लाख ६२ हजार ९ सय ६७ पुगेको छ। जसमध्ये ३० हजार ८ सय ५० को मृत्यु भइसकेको छ ।
त्यसै गरी स्पेनमा ८ सय ४४, अमेरिकामा ५ सय १५, फ्रान्समा ३ सय १९, बेलायतमा २ सय ६०, इरानमा १ सय ३९, नेदरल्याण्ड्समा ९३ र जर्मनीमा ८२ जनाले ज्यान गुमाएको तथ्यांक सार्वजनिक भएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ