काठमाडाैँ । कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्वोच्च अदालतले कोरोनाको संक्रमण हुनसक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छाड्न सरकारलाई निर्देशन जारी गरेसँगै १५ कैदी छुटेका हुन् ।
अदालतले एक वर्षसम्म कैद तोकेका उनीहरूले बाँकी अवधिको प्रतिदिन तीन सयका दरले भुक्तान गरी छुट्न पाउने भएका हुन् । त्यसरी छुट्न पाउनेहरू यस कारागारमा ३८ जना रहेका छन् ।
कार्यालयका प्रमुख कमलप्रसाद काफ्लेका अनुसार एक वर्ष कैद तोकिएकामध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा निवेदन दिएका छन् । अन्यले पनि घरपरिवारसँग सल्लाह गरिरहेको उनले जानकारी दिए ।
दुई सय २५ पुरुष र २५ महिला कैदीबन्दीको क्षमता रहेको कार्यालयमा हाल ७ सय २७ कैदीबन्दी छन् । जसमध्ये ५६ महिला, ६ सय ७१ पुरुष र तीन आश्रित बालबालिका छन् ।
११ असोज, कामना ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ