
एजेन्सी । लण्डनको किंग्स कलेजको एउटा टिमले कोरोना भाइरसका संदिग्ध लक्षणको बारेमा एउटा एपका माध्यमले चार लाख मान्छेहरूमाथि अध्ययन गरेको थियो ।
जसमा आम रुघाखोकीका साथै सास फेर्न अप्ठ्यारो हुने समस्याका साथै स्वाद र गन्ध महसुस नहुनु पनि कोरोनाको लक्षण हुन सक्ने तथ्य बाहिरिएको छ ।
अध्येताहरूका अनुसार ज्वरो तथा खोकी अहिले पनि कोरोनाका सम्भावित लक्षण हुन् जसलाई हामीले बेवास्ता गर्नुहुँदैन । यदि तपाईंका आसपासका जोसुकैमा पनि उच्चज्वरो र खोकी समस्या छ भने उनलाई अस्पताल जाने सल्लाह दिनुपर्छ । यी लक्षणका साथै कोरोनाका अन्य लक्षण पनि छन्, जुन नयाँ अध्ययनबाट तथ्योत्धाटित भएका छन् ।
अध्ययनले के भन्छ ?
किंग्स कलेजका शोधकर्ताहरू कोरोनाका सम्भावित लक्षणहरूबारेका समग्र तथ्य डाक्टर तथा कोरोनासँग लडाइँ लडिरहेका देशका सामू प्रस्तुत गर्न चाहन्थे । उनीहरूले यस अध्ययनबाट निम्नलिखित कोरोनाका लक्षणीय सूचनाहरू संकलन गरेः
१. ५३ प्रतिशत सहभागीहरूले थकान लाग्ने गरेको बताए ।
२. २९ प्रतिशतले लगातार खोकी लाग्ने गरेको बताए ।
३. २८ प्रतिशतले सास फेर्न अप्ठ्यारो हुने गरेको बताए ।
४. १८ प्रतिशतले कुनै गन्ध सुँघ्न तथा स्वाद महसुस गर्न असमर्थ भएको बताए ।
५. १०.५ प्रतिशतले ज्वरो आउने गरेको बताए ।
यस अध्ययनमा सहभागी उल्लिखित लक्षण भएका ४ लाख व्यक्तिहरूमध्ये १ हजार ७ सय २ जनाको कोरोना परीक्षण गरिएको थियो । जसमध्ये ५ सय ७९ जनामा कोरोना पोजिटिभ देखियो भने १ हजार १ सय २३ जनामा नेगेटिभ देखियो ।
कोरोना पोजिटिभ देखिएका ५९ प्रतिशत व्यक्तिहरूमा सुँघ्ने तथा स्वाद लिन असमर्थ हुने लक्षण पनि देखिएको रिपोर्टहरूमा उल्लेख छ ।
के स्वाद र गन्ध महसुस नहुनुलाई कोरोनाको प्रमुख लक्षण मान्न सकिन्छ ?
विशेषज्ञहरूका अनुसार यसलाई अहिले नै कोरोनाको प्रमुख लक्षण मान्न सकिने स्थिति छैन । विश्व स्वास्थ्य संगठन तथा पब्लिक हेल्थ इग्ल्याण्डले पनि अहिलेसम्म यसलाई कोरोनाका लक्षणका रूपमा उल्लेख गरेको छैन ।
इएटी युके (बेलायतको आँखा, नाक, कान, घाँटी विशेषज्ञ डाक्टरहरूको प्रतिनिधि समूह)का अनुसार भने कोरोना संक्रमितले स्वाद तथा गन्ध महसुस गर्न नसक्नु स्वाभाविक लक्षण भएको बताउँछन् । यद्यपि, स्वाद वा गन्ध महसुस नगर्ने समस्या कोरोनाकै कारण हुन्छ भन्ने होइन, उनीहरूको भनाई छ ।
किंग्स कलेजको उक्त अध्ययनका अनुसार संवाद तथा गन्ध महसुस नहसनुलाई कोरोनाको अतिरिक्त लक्षण भने मान्न सकिन्छ । तर, कोरोना भाइरस (कोभिड–१९) पुष्टि हुनका लागि अनृय प्रमुख लक्षणहरू हुनु आवश्यक छ ।
यस सम्बन्धमा टिमका प्रमुख शोधकर्ता प्रोफेसर टिम स्पेक्टरले भने, ‘यदि कोभिड–१९ का अन्य लक्षणका साथसाथै स्वाद तथा गन्ध महसुस गर्ने क्षमता ह्रास भएको छ भने उक्त व्यक्ति आइसोलेसनमा भर्ना भए हुन्छ । ताकि अरूमा संक्रमण नफैलियोस् ।