सुदूरपश्चिममा मात्रै कोरोना संक्रमितको संख्या ४ जना पुगेको पुष्टि भएसँगै सुदूरपश्चिम प्रदेश कोरोनाको उच्च जोखिममा पर्ने सम्भावना बढेको छ ।
भारतसँग सीमा जोडिएको यो प्रदेशका लाखौँ नागरिक भारतका विभिन्न मुलुकमा रोजगाररत छन् । प्रदेश सरकार र संघीय सरकारले पटक पटक यस्तो विषम परिस्थितिमा विदेशमा रहेका नेपालीहरूलाई आआफ्नै स्थानमा सुरक्षित रहन आग्रह पनि गर्यो तर भारतमा पहिलो पटक माघ १६ गते कोरोनाको पहिलो संक्रमण देखिएपछि मात्रै झण्डै डेढ लाख नेपाली सुदूरपश्चिमका सीमा नाकाबाट नेपाल भित्रिएका छन् ।
भित्रिएका डेढ लाख नेपालीहरूमध्ये अधिकांश सुदूरपश्चिम प्रदेशकै रहेको अनुमान छ । तर, ती नेपाल भित्रिएका डेढ लाख नेपालीहरू कता र कुन अवस्थामा छन् यसको लेखाजोखा प्रदेश सरकारसँग छैन। सरकारको कडा चेकजाँच र निर्देशन पछि करिब १८ सय जति शंकास्पद व्यक्ति प्रदेशका विभिन्न क्वारेन्टाइनमा रहे पनि बाँकीको अवस्था अज्ञात छ । यो अवस्था भनेको भोलिका दिनमा भयावह हुन सक्ने अवस्था हो । मुलुक लकडाउनमा गइसकेपछि पनि भारतका विभिन्न सहरमा रहेका नेपाली भित्रिने क्रम रोकिएको छैन ।
यस विषम परिस्थितिमा सरकारले थप कडा कदम चाल्न नसके कोरोनाको महामारीबाट नेपालको अवस्था पनि भयावह र अनियन्त्रित नहोला भन्न सकिन्न ।
वर्तमानको मुख्य जोखिम भनेको सुदूरपश्चिम प्रदेशमा रहेका भारतीय सीमा नाकाहरूबाट नेपाल भित्रिने नेपालीहरूबाटै छ । सुदूरपश्चिममा संक्रमितको संख्या बढ्नुमा प्रदेश सरकारको असावधानी र भावनामा बग्ने नेपालीहरूको हचुवा पारा नै मुख्य कारण देखिएको छ । सरकारले लकडाउन गर्नुभन्दा अघि जनताहरू सरकारले तत्काल लकडाउन गर्नुपर्ने र सीमा नाका पूर्ण बन्द गर्नुपर्ने माग राखेर सडक, सामाजिक सञ्जाल र सञ्चार माध्यममा कुर्लिए ।
जब लकडाउन सुरू भयो अनि भारतमा रहेका नेपालीहरूलाई आफ्नो मातृभूमि फर्किन पाउनुपर्ने माग राखेर फेरि अर्को भावनात्मक मागको आन्दोलन सुरू भयो। स्वभाविक हो कुनै पनि नेपालीले आफ्नो देश फर्किन पाउनुपर्छ । तर, उचित व्यवस्थापनका साथ कडा चेकजाँच गरेर उनीहरूलाई निश्चित समयभित्र प्रवेश गराएर क्वारेन्टाइनमा राख्ने प्रबन्ध मिलाउन सकेको भए यो अवस्था आउने थिएन ।
अझै पनि बिग्रेको केही छैन । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमणको उच्च जोखिमबाट बचाउने हो भने तत्काल केही मुख्य व्यवस्थापनमा तीनै तहका सरकारले कदम चाल्नु आवश्यक छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ