काठमाडौँ । चीनको वुहान प्रान्तमा गत डिसेम्बर महिनाको अन्तमा पहिलोपटक पहिचान भएको कोरोना भाइरस (कोभिड– १९) संक्रमणको चपेटामा अमेरिका परेको देखिन्छ ।
अमेरिकामा जोखिम आँकडा सबैभन्दा उच्च देखिएको छ । गएको २४ घण्टामा मात्रै अमेरिकामा १ हजार ४८ जनाले ज्यान गुमाए भने ३३ हजार १ सय २५ जनामा नयाँ संक्रमण फैलियो ।
हालसम्ममा अमेरिकामा कोरोना भाइरसको संक्रमण ३ लाख १० हजार २ सय ८६ जनामा देखिएको छ । जसम्ध्ये १४ हजार ७ सय ४१ जना पूर्ण रूपमा निको भएर घर फर्केको तथ्यांक छ । अझै १० हजार हाराहारी मानिसले कोरोना संक्रमणले जीवनको अन्तिम सास फेरिरहेको बताइन्छ ।
सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा मात्रै २० प्रतिशतभन्दा बढी संक्रमित देखिएका छन् । दोस्रो बढी संक्रमित भएको इटलीको भन्दा अमेरिकामा देखिएको कोरोना संक्रमण दोब्बरभन्दा बढी हो ।
कोरोना संक्रमणलाई नियन्त्रणमा लिन आफ्नो पुरै शक्ति नलागाएमा अमेरिकाले ठूलो मानवीय क्षति बेहोर्नुपर्ने देखिन्छ । किनभने अमेरिकामा संक्रमितको संख्या हालसम्मकै बढी ३ लाख १० हजार २ सय ८६ पुगेको छ । तर, अमेरिकामा हालसम्ममा १० लाखभन्दा बढी मानिसमा (कोभिड– १९) परीक्षण गरिसकेको बताइन्छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ