Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

कोरोनाबाट बच्न वकिलले बनाए रूखमा बस्ने व्यवस्था

कोरोनाबाट बच्न वकिलले बनाए रूखमा बस्ने व्यवस्था

  • 1.6K
    SHARES

  • काठमाडौँ । कोरोना भाइरस (कोभिड-१९)को संक्रमणका कारण पूरै विश्व 'लक डाउन' बन्न पुगेको छ । यस समयमा मानिसहरूले विभिन्न तरिकाले आनन्द लिइरहेका छन् । यसै क्रममा भारतको हापुड शहरका एक वकिलले अनौठो तरिकाले आनन्द लिइरहेको बताएका छन् । वकिल मुकुल त्यागीले कोरोना भाइरसबाट बच्न नजिकैको एक जंगलमा गएर रूखमा आफू बस्ने व्यवस्था गरेको बताएका छन् । उनी अहिले रूखमा छोराको साथमा बस्दै आएको समाचारमा जनाइएको छ । रूखमा बनाएको घरमा बसेको अनुभव साट्दै मुकुल भन्छन्, 'मलाई यहाँ कुनै किसिमको समस्या भएको छैन, रूख चढ्नका लागि सिँढी बनाएको छु, म यहाँ आराम तरिकाले बस्दै आएको छु ।' उनले एक रूखमा दुई दिनको मेहनत र छोराको साथमा बस्ने गरी ठाउँ बनाएका थिए । उनी त्यहाँ खाना बनाएर खाने र धार्मिक पुस्तक पढ्दै आएका छन् । एजेन्सी

    • शुक्रवार, चैत्र २८ २०७६०५:२८:१५
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ