Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

१४ सय प्रजातिका चमेरामा ३ हजार प्रकारका कोरोना भाइरस सक्रिय, इबोलादेखि रेबिजसमेत चमेराबाट उत्पत्ति

१४ सय प्रजातिका चमेरामा ३ हजार प्रकारका कोरोना भाइरस सक्रिय, इबोलादेखि रेबिजसमेत चमेराबाट उत्पत्ति

  • 1.9K
    SHARES

  • लण्डन । पछिल्लो तीन महिनादेखि विश्वभरका मानिसहरू कोरोना भाइरस (कोभिड-१९) विरूद्ध युद्धमा लडिरहेको छ । चीनको हुवाई प्रान्तको वुहान शहरबाट सुरू भएको यस भाइरसले एक लाख ६० हजारभन्दा बढी नागरिकले ज्यान गुमाइसकेका छन् । भाइरसबाट साढे २३ लाख मानिसहरू प्रभावित भएका छन् । भाइरसले विश्वभर प्रभाव जमाउँदै गर्दा शक्तिशाली राष्ट्रहरूसमेत आक्रान्त भएका छन् । चीनको वुहान शहरबाट कसरी भाइरस उत्पत्ति भयो ? भन्ने विषय अहिलेसम्म खोजको विषय बनेको छ । तर, केही अनुसन्धान तथा खोजले कोरोना भाइरस चमेराको मासुबाट सरेको जनाउँदै आएका छन् । यसभन्दा अघि 'पाम सिवेट्स' नामक पंक्षीको माध्यमबाट सार्स भाइरस मानव जातिमा सरेको अनुसन्धानले देखाएको छ । यसभन्दा पहिले चमेरोबाट विभिन्न प्रकारको भाइरस मानव जाति तथा अन्य जीवमा सरेको पाइन्छ । जस्तै, मार्स नामक एक प्रकारको भाइरस ऊँटमा फैलिएको थियो । पछि यो भाइरस मानव जातिमा फैलिएको तथ्य पाइन्छ । अर्को अनुसन्धानले इबोला र मार्गबर्ग जस्ता भाइरस पनि चमेरोबाट मानवमा सरेको पाइन्छ । हामीले कुकुरबाट सर्ने भनिआएको रेबिज भाइरससमेत सुरूमा चमेरोबाट उत्पत्ति भएको अध्ययनले देखाएको छ । एक प्रजातिको चमेरोमा साढे एक सय प्रकारको भाइरस अमेरिकाको क्यालिफोर्निया राज्यमा अवस्थित क्यालिफोर्निया यूनिभर्सिटीकी ट्रेसी गोल्डस्टिन र उनका साथीहरूले अफ्रिका, दक्षिण अमेरिका तथा एसियाका २० देशमा पुगेर मुसा, चमेरो, बाँदर तथा अन्य जीव जनावरको अध्ययन गरेका थिए । यस क्रममा उनीहरूले कोरोना भाइरसको परीक्षण गरेका थिए । अध्ययनमा उनीहरूले सबैभन्दा बढी एक प्रजातिको चमेरोमा कम्तीमा १ सय ५ प्रकारको कोरोना भाइरससम्बन्धी भाइरस हुने पत्ता लगाएका थिए । उनीहरूले अध्ययनका क्रममा करिब १४ सय प्रजातिको चमेरोमा ३ हजारभन्दा बढी प्रकारको कोरोना भाइरस रहेको पत्ता लगाए । यस आधारमा भन्न सकिन्छ कि अहिले मानिसमा देखा परेको कोरोना भाइरस चमेरोमा पाइने एक प्रकारको भाइरस हो । कसरी  उत्पत्ति हुन्छ चमेरोमा नयाँ भाइरस अब, प्रश्न उठ्नु स्वभाविक हो कि चमेरोमा यस्तो के हुन्छ ? जसले आफूमा भएको भाइरस दोस्रो जीवमा फैलाउन सक्छ । यसबारे क्यालिफोर्निया यूनिभर्सिटीकी डा. कारा ब्रुकले अध्ययन गरेकी छन् । उनले अध्ययनमा भनेकी छन्, 'केही चमेरोमा 'इम्यून सिस्टम' अस्वाभाविक रहेको हुन्छ, जसले गर्दा त्यहाँ जहिले एन्टी भाइरस प्रक्रिया हुन्छ ।' डा. कारा थप्छिन्, 'चमेरोमा कुनै इन्फेक्शनबिना नयाँ भाइरस उत्पत्ति हुन्छ, यो नयाँ भाइरस तेज गतिमा विकसित हुन्छ, यस कारण अन्य स्तनधारी प्राणीको तुलनामा चमेरोमा नयाँ भाइरस बन्न भरपूर स्रोत हुने गर्दछ, जुन चाँडाे दाेस्रो जीवमा सर्दछ ।'

    • आइतवार, बैशाख ७ २०७७०३:४४:३३
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ