Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

जोनाथन रिचेसः जसले लालनपालन राम्ररी नगरेको भन्दै आफ्नै आमा विरुद्ध मुद्दा हाले

जोनाथन रिचेसः जसले लालनपालन राम्ररी नगरेको भन्दै आफ्नै आमा विरुद्ध मुद्दा हाले

  • 2.8K
    SHARES

  • काठमाडौँ । जनता समाजवादी पार्टीले आफ्ना सांसद अपहरण भएको भन्दै प्रहरीमा जाहेरी दिन जाँदा प्रहरीले अधिकार क्षेत्र बाहिर भएको भन्दै मुद्दा दर्ता गर्न मानेन । अपहरण जस्तो जघन्य आरोप लागेकाहरूको मुद्दा प्रहरीले दर्ता गर्न नमान्नुलाई कतिपयले कानुनी राज्यको धज्जी उडाएको समेत भनिरहेका छन् । कानुनी दाउपेच झमेलाको यस्तै खिचातानी चलिरहेको बेला सम्झिनुपर्ने नाम हो, जोनाथन। जोनाथनको पूरा नाम जोनाथन ली रिचेस हो । उनी अमेरिकामा यस्तै मुद्दामामिला तथा कानुनी झमेलाका कारण चर्चित छन् । उनलाई दुनियाँमै सबैभन्दा धेरै मुद्दा दायर गरेर चर्चित भनेर समेत चिनिन्छ । उनको यस हर्कतलाई अजीबोगरीब भन्न सकिन्छ । उनले सबैभन्दा पहिलो मुद्दा आफ्नी साख्खै आमाविरुद्ध हालेका थिए । उनले आफ्नी आमामाथि आफ्नो लालनपालन ठीक ढंगले नगरेको आरोप लगाएका थिए । मुद्दा परेपछि भएको अदालती कारबाहीमा उनले मुद्दा जिते । उनलाई मुअब्जा स्वरूप उनकी आमाले २० हजार डलर दिनुपर्ने फैसला भएको थियो । उनले आफ्ना साथी, शिक्षक, छिमेकी, नातेदार, आफ्नी भावी श्रीमती, प्रहरी, न्यायाधीश, चर्चित कम्पनीहरू र यहाँसम्मकी तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसमाथि समेत मुद्दा हाले । यी मुद्दाहरू अमेरिकाका विभिन्न अदालतहरूमा दायर भएका थिए । उनले आफ्नो जीवनमा २६ सय मुद्दा हालेका छन् । उनी कीर्तिमानी वादी समेत गनिन्छन् । उनको यही कीर्तिमान सबैभन्दा धेरै मुद्दा हाल्ने व्यक्तिका रूपमा गिनिज बुक अफ बर्ल्ड रेकर्डमा समेत दर्ता भएको छ । तर, उनले आफ्नो अनुमति बिना नै नितान्त आफ्नो व्यक्तिगत मामिलामा दखलअन्दाजी गरेको र लेखेको भन्दै गिनिज बुक विरुद्ध समेत मुद्दा हालेका थिए । जोनाथनले हालसम्मका मुद्दाहरूबाट करिब ८ लाख डलर मुअब्जा पाएका छन् । उनको अर्को किस्सा पनि बडो रोचक छ । उनलाई संवादका लागि भन्दै एउटा टेलिभिजन कार्यक्रममा बोलाइएको थियो । उनले आफ्नो पीडा सेयर गर्ने ध्येयले भने, ‘म यति प्रसिद्ध छु, तर पनि म एक्लो छु । मलाई कसैले माया गर्दैन ।’ उनको कुरा भुइँमा खस्न नपाउँदै कार्यक्रम सञ्चालकहरू हाँस्न थाले । उनी तत्काल कार्यक्रम छोडेर हिँडे र टेलिभिजनविरुद्ध नै आफ्नो सार्वजनिक बेइज्जती गरेको भन्दै मुद्दा दायर गरे । अदालतले पनि उनको सार्वजनिक बेइज्जती भएको ठहर गर्दै टेलिभिजन च्यानलविरुद्ध ५० हजार डलरको क्षतिपूर्ति दिनुपर्ने फैसला सुनायो । सन् २०१६ को अप्रिल फुलमा रिचेसले दायर गरेका मुद्दाहरूको एउटा संग्रह प्रकाशित भएको थियो । त्यस्तै नोभेम्बर २०१८ मा रिचेसको स्वप्रकाशनमा ‘नथिङ इज राइट इन स्टोनः ए जोनाथन ली रिचेस क्याम्पेनियन भन्ने उनको आत्मकथा पनि छापिएको छ ।

    • सोमवार, बैशाख १५ २०७७०५:१५:०६
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ