काठमाडौँ । विश्वभर कोरोना भाइरस (कोभिड– १९) को महामारीका कारण २ लाख ८३ हजार ६ सय ८७ जनाको मृत्यु भएको छ ।
त्यस्तै संसारभरि संक्रमित हुनेको संख्या ४१ लाख ७७ हजार पुगेको छ ।
ती मध्ये करिब १४ लाख ८८ हजार उपचार पछि निको भई घर फर्किएका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा प्रकाशित पछिल्लो तथ्यांक अनुसार अमेरिकामा मात्रै १३ लाख ६६ हजार ७ सय बढी कोरोनाबाट संक्रमित भएका छन् भने ८० हजार ७ सय ५७ जनाको मृत्यु भएको छ ।
यता बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार भन्दा बढी पुगेको छ भने मृत्यु हुनेको संख्या ३१ हजार ८ सय ५५ पुगेको छ ।
यस्तै स्पेनमा २ लाख ६४ हजार ६ सय बढी संक्रमित र २६ हजार ६ सय २१ जनाको मृत्यु भएको छ ।
युरोपेली देशहरूमा कोरोनाको सबैभन्दा तीब्र असर देखिएको इटालीमा कोरोना संक्रमितको संख्या २ लाख १९ हजार बढी पुगेको छ भने मृतकको संख्या ३० हजार ५ सय नाघेको छ ।
त्यस्तै फ्रान्समा करिब १ लाख ७७ हजार संक्रमित मध्ये २६ हजार ३ सय संक्रमितको मृत्युु भइसकेको छ ।
उता जर्मनीमा कोरोनाबाट १ लाख ७१ हजार ८ सय बढी संक्रमित भएकोमा ७ हजार ५ सय बढीको मृत्यु भएको छ ।
पछिल्लो समय संक्रमितको संख्या बढ्दै गएको रसियामा करिब २ लाख १० हजार संक्रमित हुँदा मृतकको संख्या १ हजार ९ सय १५ पुगेको छ ।
छिमेकी भारतमा पनि कोरोना संक्रमित र मृत्यु हुनेको संख्या थपिने क्रम जारी छ । त्यहाँ करिब ६७ हजार १ सय बढी संक्रमित हुंदा मृत्यु हुनेको संख्या २२ सय १२ पुगेको छ ।
नेपालमा भने आज बिहान मात्रै १० जना संक्रमित थपिएर संक्रमितको संख्या १२० पुगेको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ