Logo

मंगलवार, मंसिर ९ गते २०८३

अ

भारतमा लकडाउन खुुकुलो : नेपाल फर्किनेको चाप

भारतमा लकडाउन खुुकुलो : नेपाल फर्किनेको चाप

  • 1.1K
    SHARES

  • नेपालगञ्ज ।  भारतले लकडाउन खुुकुलो गर्दै फर्किन चाहनेहरुका लागि रेल सेवा समेत सञ्चालनमा ल्याएपछि नेपालीहरु बाँकेका विभिन्न नाका हुँदै फर्किन थालेका छन् । त्यसक्रममा डुडुवा नाकाबाट २९ जना नेपाली फर्किएका छन् । उनीहरु वडा नं. ३ हलबलडोलीका नेपाली हुन् । भारतका विभिन्न ठाउँमा मजदुरीका लागि गएका उनीहरु सीमानामा पुगेपछि आफन्तहरु पुगेर ल्याएका थिए । उनीहरुलाई वडा नं. ३ स्थित श्रीमावि डुडुवामा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको डुडुवा गाउँपालिका नेकपा अध्यक्ष सकिल खानले जानकारी दिएका छन् ।

    त्यस्तै, नरैनापुर गाउँपालिकासँग जोडिएको भारतीय नाकाबाट ठूलो संख्यामा नेपालीहरु फर्किएका छन् । नरैनापुर–४ का उनीहरु मुम्बई, कानपुर र दिल्लीबाट फर्किएका हुन् । उनीहरुलाई पनि स्थानीय क्वारेन्टाइनमा राख्न लागिएको बताइएको छ । मंगलबार सयौंको संख्यामा भित्रिएका नेपालीलाई स्थानीय विद्यालयमा क्वारेन्टाइन राखिएको छ ।

    भारतको नानपारा र बहराइचका क्वारेन्टाइन रहेका ५ सय बढी नेपालीलाई फर्काउन भारतीय अधिकारीहरुले बाँके प्रशासनसँग औपचारिक रुपमै पहल गरिरहेको छ । ‘हामी नेपालीलाई कसरी ल्याउने भन्ने केन्द्रको निर्णय पर्खिरहेका छौं’, बाँकेका प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले भने ।

    • बिहिवार, जेठ १ २०७७०३:३७:२०
    सम्बन्धित समाचार
    विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ